Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मोरङमा केराघारीभित्र दुई बालिका मृत फेला, आमा बेपत्ता

मोरङमा केराघारीभित्र दुई बालिका मृत फेला, आमा बेपत्ता

इच्छाकामना न्युज

१६, भाद्र २०८१
मोरङमा केराघारीभित्र दुई बालिका मृत फेला, आमा बेपत्ता
images

मोरङ । मोरङमा दुई बालिका मृत अवस्थामा फेला परेका छन्। उनीहरुको हत्या भएको आशंका प्रहरीले गरेको छ। 

images
images

सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्की र अस्मिता पौडेल (कार्की)का १ वर्षीया छोरी अर्पणा र ३ वर्षीया आयिका घर नजिकै केराघारीभित्र मृत फेला परेका हुन्।

‘उनीहरुको शव शनिबार साँझ भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले नेपालखबरसँग भने, ‘आमा २९ वर्षीया अम्मिता बेपत्ता छिन्। बुवासँग हामीले सोधपुछ गरिरहेका छौँ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी छ।’

मृत भेटिएका दुई बालिकाका बुवा अर्जुनले पति-पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन्। 

‘उनले यसअघि पनि आफूहरुबीच घर झगडा हुँदा पत्नीले घर छाडेर हिँड्ने गरेको बताएका छन्,’ डीएसपी बस्नेतले भने, ‘उनैले घरबाट निस्किएका पत्नी र छोरीको खोजी गर्ने क्रममा शनिबार साँझ शव फेला परेको हो।’

घर नजिकै स्थानीय नारायण न्यौपानेको केराको बगैँचाभित्र दुई बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए। उनीहरुले बसेको डेरा नजिकै आफ्नै घर पनि बनाउँदै आएका थिए।

बालिकाहरुको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा  फेला परेको डीएसपी बस्नेतले बताए। बालिकाको शवमा कुनै बाहिरी चोट पटक छैन। छोरीहरुको शव फेला परे पनि अस्मिता कहाँ गइन् केही नखुलेको प्रहरीले जनाएको छ। 

प्रहरीले बालिकाका बुवा अर्जुनलाई निगरानीमा राखेर घटनाको अनुसन्धान अघि बढाएको छ। 

images
प्रकाशित मिति :भाद्र १६, २०८१ आइतवार - ०८:४१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology