Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निर्वाचनको तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीको निर्देशन 

निर्वाचनको तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीको निर्देशन 

इच्छाकामना न्युज

२७, माघ २०७७
निर्वाचनको तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीको निर्देशन 
images

काठमाण्डौ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७ र २७ मा हुने मध्यावधी निर्वाचनको तयारी तीव्र बनाउन निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ । आज काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीको कामलाई अघि बढाउन निर्देशन दिनुभएको हो । 
छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले हालसम्म निर्वाचनको तयारी अन्तर्गत भएका  कामकारबाही बारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । हालसम्म भएको तयारी सन्तोषजनक भएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको थियो । 
निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको सम्पूर्ण तयारीका लागि सरकारका तर्फबाट धन्यवाद दिनुभएको जानकारी गराउनुभयो।छलफलका क्रममा निर्वाचनका अवधिमा अवश्यक सुरक्षा, निर्वाचनका लागि चाहिने बजेट लगायतका विषयमा कुराकानी भएको र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्रीले जानकारी गराउनुभएको थापाले बताउनुभयो । प्रेस सल्लाहकार थापाले आजको भेट सरकारका तर्फबाट भएको उल्लेख गर्दै पार्टीको विवादका बारेमा छलफल नभएको दावी गर्नुभयो । 
आयोगका पदाधिकारीलाई भेट्न प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ् लगायत पुग्नुभएको थियो । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको हो । एक मन्त्रीले बताएअनुसार हिजो बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । 

images
images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १९:२१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology