Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

जल, जमिन र जंगलको महत्त्व दर्शाउन गैँडाकोटमा चेतनामूलक तीज गीत प्रस्तुत

जल, जमिन र जंगलको महत्त्व दर्शाउन गैँडाकोटमा चेतनामूलक तीज गीत प्रस्तुत

इच्छाकामना न्युज

१५, भाद्र २०८१
जल, जमिन र जंगलको महत्त्व दर्शाउन गैँडाकोटमा चेतनामूलक तीज गीत प्रस्तुत
images

प्रेम क्षेत्री, गैँडाकोट । तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो तर संरक्षणका कुरा भने विरलै हुने गरेका छन् । शनिबार गैँडाकोटमा भने जल, जमिन र जंगलको महत्त्व दर्शाउन महिलाहरुले चेतनामूलक तीज गीत प्रस्तुत गरेका छन् । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देश सहितका प्रतियोगितामा गैँडाकोटका सामुदायिक वन र खानेपानी संस्था/समूहले सन्देश दिएका छन् ।

images
images

उनीहरुले ‘जल, जंगल जमिनसँगै जोडिएको जीवन, सफा बनाऔँ, वातावरण स्वस्थ नै हो धन’ भन्दै सन्देश समेत दिएका थिए ।  केहीले ‘जताततै प्लटिङ बसेको छ बाँझो खेत, भोकमरीको चपेटामा पर्ने हो की देश’ भन्दै चिन्ता व्यक्त गरेका थिए । केहीले ‘हिरा, मोती, सुन फल्छ हाम्रो देशको माटोमा, अवरोध नपु¥याऔ है हिड्ने बाटोमा’ भन्दै सजग गराएका थिए ।

‘जल जंगल र जमिनको संरक्षण, सफा र सुन्दर पर्यावरण’ विषयक, संरक्षणका सवालहरुको प्रकृतिमा आधारित समाधानको खोजी गर्दै तीज गीत प्रतियोगिता गरिएको हो । ४ वटा सामुदायिक वन र ४ वटा खानेपानी संस्था गरी ८ वटा समूहको संरक्षणसँगै चेतना र सन्देशले भरिएका गीतबीच घम्सा–घम्सी भएको थियो ।

456148496_741941188033352_4930703210822613311_n.jpg

‘नदीसँगै हामी’ अभियानका साथ शनिबार नमुना शिवनगर खानेपानी संस्थाको सभाहल गैँडाकोट ६ मा भएको प्रतियोगितामा भेडाबारी सामुदायिक वन प्रथम हुन सफल भएको छ । नन्दन सामुदायिक वन द्वितीय, जयश्री सामुदायिक वन तृतीय र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ । प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वनालाई ७ हजार सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

संरक्षणमा समुदायलाई नै सक्रियता गराउन सहमति गैँडाकोट र गैँडाकोट खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको आयोजना तथा सामुदायिक रेडियो विजय एफएम १०१.६ को सह आयोजनामा तीज गीत प्रतियोगिता–२०८१ गरिएको हो । त्यस्तै डब्लु डब्लु एफ, डेनमार्क सरकार र गैँडाकोट नगरपालिकाको सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले पुरानो संस्कृति झल्कने र समुदायले सजग गराउन सबै सक्रिय हुनुपर्ने बताउनुभयो ।

456707290_420575980537106_4512114268591099659_n.jpg

गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले पर्यावरण संरक्षणमा गरिएको सन्देशमूलक तीज गीत कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो ।

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गीत तथा नाचका माध्यमबाट सूचना दिँदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले जल, जमिन र जंगलको संरक्षणसँगै सरसफाइ सम्बन्धी सचेतना फैलाउन तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट ७ का वडाअध्यक्ष होमनाथ सापकोटा, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुषाल, जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे, नमुना शिवनगर खानेपानी संस्थाका अध्यक्ष जयराम कँडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुरका अध्यक्ष वुद्धिनाथ घिमिरेले वन र खानेपानी संरक्षणबारे भनाइ राख्नुभएको थियो ।

प्रतियोगिताका संयोजक एवं सहमतिका कोषाध्यक्ष तारादेवी शर्माले स्वागत गर्दै गैँडाकोटमा अनुभवी व्यक्ति एवं संरक्षणमा नै खटिएका संरक्षणकर्मीहरुकै आवाजमा संरक्षणमुखी एवं वेदनाका तीजी गीत सुन्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो ।
कार्यक्रम सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालले सहजिकरण गर्नुभएको थियो भने गैँडाकोट खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका संयोजक विष्णुप्रसाद सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

images
प्रकाशित मिति :भाद्र १५, २०८१ शनिवार - १८:५८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology