Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहकर्मीमाथि जबरजस्ती करणीको प्रयास गर्ने रेडियो ‘मलमला’का स्टेसन म्यानेजर पक्राउ

सहकर्मीमाथि जबरजस्ती करणीको प्रयास गर्ने रेडियो ‘मलमला’का स्टेसन म्यानेजर पक्राउ

इच्छाकामना न्युज

६, भाद्र २०८१
सहकर्मीमाथि जबरजस्ती करणीको प्रयास गर्ने रेडियो ‘मलमला’का स्टेसन म्यानेजर पक्राउ
images

बुटवल । रुपन्देही  सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ । कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका  प्रहरी  कार्यालय बुटवल  खरेललाई  पक्राउ गरेको छ ।

images
images

इलाका  प्रहरी कार्यालय बुटवलमा  प्रहरी  निरीक्षक दीपेन्द्र बानियाँले खरेललाई पक्राउ गरी   जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरिएको  रातोपाटीलाई बताए ।  २३ वर्षीय सहकर्मीलाई जबरजस्ती करणी गरेको  विषय  छानबिन भईरहको उनले बताए । उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको हो ।

घटना भदौ १ गते रातिको हो । रातको समयमा आफू एक्लै भएको मौका पारेर कोठामा प्रवेश गरी खरेलले जबरजस्ती करणी गर्न खोजेको पीडितको भनाई छ । घटना भएको रात  महिलाका श्रीमान् घर बाहिर थिए । सोही मौकामा खरेलले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडितले बताइन् । भदौ ४ गते  प्रहरीकहाँ उजुरी परेसँगै  भदौ ५ गते प्रहरीले पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - ०९:४१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology