Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा चितवनमा रोकियो जग्गाको कित्ताकाट

स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा चितवनमा रोकियो जग्गाको कित्ताकाट

इच्छाकामना न्युज

६, भाद्र २०८१
स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा चितवनमा रोकियो जग्गाको कित्ताकाट

कुलप्रसाद काफ्ले, भरतपुर । चितवनमा जग्गाको कित्ताकाट रोकिएको छ । भदौ २ गतेदेखि कित्ताकाट रोकिएको हो । भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० जारी भएको एक वर्षभित्र जग्गाको वर्गीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण जिल्लामा जग्गाको कित्ताकाट रोकिन पुगेको हो । जिल्लाका कुनै पनि स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसक्दा यस्तो समस्या आएको मालपोत कार्यालहरुले बताएका छन् ।

images

यो नियमावली २०८० साउन ३२ गते राजपत्रमा प्रकाशित भएको थियो । नियमावलीअनुसार २०८१ साउन ३२ गतेभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने थियो । नियमावलीमा भएको व्यवस्थाअनुसार जग्गाको वर्गीकरण नभएपछि कित्ताकाट हाललाई रोकिएको मालपोत कार्यालय भरतपुरका मालपोत अधिकृत टीकाराम अधिकारीले बताए । ‘नियमावली जारी भएको एक वर्षमा स्थानीय तहले कित्ताअनुसार समग्र जग्गाको वर्गीकरण गर्नुपर्ने भनेको छ’, उनले भने ।

जग्गाको वर्गीकरण भइनसकेकाले सरकारले म्याद थपेको अवस्थामा मात्रै अब कित्ताकाट खुल्ने छ, वा स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्छ । कुन कित्ताको जग्गा कुन क्षेत्रमा पर्छ भनी वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । यसअघि वडाको सिफारिसका आधारमा जग्गाको कित्ताकाट हुने गरेको थियो । अब स्थानीय तहले आफ्नो जग्गाको वर्गीकरण गरी त्यसको विवरण मालपोत र नापी कार्यालयमा पठाउनुपर्ने छ ।

जग्गाको कित्ताकाट रोकिएको भनी आफूले पनि जानकारी पाएको जग्गा व्यवसायी दिनेशकुमार चुकेले बताए । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कित्ताकाट खुलाउन मालपोत कार्यालय र स्थानीय तहले सहजीकरण गर्नुपर्ने उनी बताउँछन् । अनाहकमा जनतालाई सास्ती नदिन उनले सम्बन्धित निकायलाई आग्रह गरे । चितवनपोष्टबाट

images
प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - ०९:३४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology