Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नागढुङगा–नौबिसे खण्ड एकतर्फी सञ्चालन, मुग्लिन–पोखरा सडक खण्ड अबरुद्ध

नागढुङगा–नौबिसे खण्ड एकतर्फी सञ्चालन, मुग्लिन–पोखरा सडक खण्ड अबरुद्ध

इच्छाकामना न्युज

६, भाद्र २०८१
नागढुङगा–नौबिसे खण्ड एकतर्फी सञ्चालन, मुग्लिन–पोखरा सडक खण्ड अबरुद्ध
images

धादिङ । काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गामा एकतर्फी रुपमा गाडी चलिरहेका छन् । पहिरोका कारण हिजो झण्डै ६ घण्टापछि एकतर्फी रुपमा गाडी सञ्चालनमा आएको हो । पहिरो ठूलो भएकाले पन्छाउन समय लागेको र दुईतर्फी रुपमा खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

images
images

काठमाण्डौ जोड्ने अर्को मुख्य सडक खण्ड मुग्लिन–नारायणगढमा भने सामान्य रुपमा गाडी चलिरहेका मुग्लिन प्रहरीले जनाएको छ । पोखरा जोड्ने सडक भने बन्द छ । तनहुँको घाँसीकुवामा हिजोदेखि खसेको पहिरो पन्छाउन नसक्दा राजमार्ग अवरुद्ध भएको हो ।

पोखरा भित्रिने र पोखराबाट बाहिरिने गाडी तनहुँमा रोकिएका छन् । करिब एक सय मिटर माथिबाट खसेको पहिरोले सडक पुरिएकोले खुलाउन समय लाग्ने तनहुँ प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - ०९:०१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology