Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रुपन्देहीमा बाइकले हान्दा बोलेरोमूनि पुग्यो स्कुटर, २७ वर्षीया सुश्माको मृत्यु

रुपन्देहीमा बाइकले हान्दा बोलेरोमूनि पुग्यो स्कुटर, २७ वर्षीया सुश्माको मृत्यु

images

इच्छाकामना न्युज

४, भाद्र २०८१
रुपन्देहीमा बाइकले हान्दा बोलेरोमूनि पुग्यो स्कुटर, २७ वर्षीया सुश्माको मृत्यु
images

रुपन्देही । रुपन्देहीको बुटवलमा सडक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । सोमबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अर्घाखाँचीको सन्धिखर्क घर भई बुटवल उपमहानगरपालिका-११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाँले जानकारी दिए ।

मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका-१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको बलेरो जिपमा ठोक्किएको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । मोटरसाईकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०८१ मंगलवार - ०८:५४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology