Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

दोस्रो चितवन गोल्डकप : हानामी इन्टरनेशनल सह आयोजकमा रहने

दोस्रो चितवन गोल्डकप : हानामी इन्टरनेशनल सह आयोजकमा रहने

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
दोस्रो चितवन गोल्डकप : हानामी इन्टरनेशनल सह आयोजकमा रहने
images

चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सह आयोजकमा हानामी इन्टरनेशनल एजुकेसन रहने भएको छ ।

प्रतियोगिताको आयोजक भरतपुर फुटबल क्लब बिएफसी र हानामी इन्टरनेशनल एजुकेसनबीच आज (आइतबार) प्रायोजन सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट प्रतियोगिता संयोजक धुर्व भुसाल र हानामीको तर्फबाट प्रवन्ध निर्देशक किशोर सुवेदीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार हानामी प्रतियोगिताको सह आयोजक र प्रायोजक रहनेछ । सो क्रममा हानामीका प्रवन्ध निर्देशक सुवेदीले प्रतियोगिताको सफलताको कामना गरे । गोल्डकपलाई मोसफलकै प्रतिष्ठित र भव्य बनाउन आवश्यक थप सहयोग गर्न तयार रहेको पनि उनले बताए । हानामीले यस अघिदेखि नै भरतपुर फुटबल क्लबलाई प्रायोजन गर्दै आएको छ । हानामीले अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।  

नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुने प्रतियोगिता असोज ३ देखि १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन लिग, नेपाल सुपर लिग एनएसएल खेल्ने क्लब र  मफोसलका गरी १० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा यस अघि नै गोल्डेन ईमिनेन्ट इन्टरनेशनलसँग सम्झौता भइसकेको छ । गोल्डेन ईमिनेन्टले दक्षिण कोरिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ । 

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - २२:४३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology