Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तामाङ पत्रकारले मनाए ‘३०औं तामाङ प्रसारण दिवस’, शिक्षामा जोड दिन घेदुङ अध्यक्ष थिङको आग्रह

तामाङ पत्रकारले मनाए ‘३०औं तामाङ प्रसारण दिवस’, शिक्षामा जोड दिन घेदुङ अध्यक्ष थिङको आग्रह

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
तामाङ पत्रकारले मनाए ‘३०औं तामाङ प्रसारण दिवस’, शिक्षामा जोड दिन घेदुङ अध्यक्ष थिङको आग्रह
images

विना तामाङ, चितवन । तामाङ पत्रकार संघ (एटीजे) चितवन शाखाले ‘३०औं तामाङ प्रसारण दिवस’ मनाएको छ । नेपाल तामाङ घेदुङ चितवन जिल्ला समन्वय समितिका अध्यक्ष बाबुलाल थिङले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थिङले उद्घाटन पछि बोल्दै तामाङ समुदायले शिक्षामा जोड दिनु पर्ने बताए । शिक्षाकै कारण तामाङ पछाडि परेको उनको भनाइ थियो ।

उनले शिक्षाबाट बन्चित भएकाहरुलाई सहयोग गरेको बताउँदै तामाङ समुदायमा कहिँकतै भेटिएमा आफूलाई सूचित गरी दिन समेत आग्रह गरे । शिक्षा विना केही सम्भव नभएकोले यसको महत्वलाई बुझ्न जरुरी भइसकेको उनको जिकिर थियो ।

यसैबीच उनले हरेक कार्यक्रमको पूर्णताका लागि पत्रकारको भूमिका उल्लेख्य हुने बताए । पत्रकारसँगको सहकार्य विना हरेक कार्यक्रम अपाङ्ग हुने उनले भने । प्रसारण दिवसको अवसर शुभकामना व्यक्त गर्दै संघको हरेक गतिविधिमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।

तामाङ पत्रकार संघ संघीय सचिव उर्गेन तामाङले पहिलो पटक रेडियो नेपालले तामाङ भाषा प्रसारण गरेर इतिहास रचेको बताए । मिडियामा तामाङ पत्रकारको उपस्थिति कम भएपनि गुणात्मक रुपमा अगाडि भएको उनले भनाइ थियो ।

यस्तै तामाङ पत्रकार संघ चितवन शाखाका अध्यक्ष बबिलाल तामाङले पछिल्लो समय तामाङ पत्रकारहरु बैदेशिक रोजगार तथा शिक्षाका कारण संख्यात्मक रुपमा कम हुँदै गएको बताए । मिडियामा कुनै भविष्य नदेखेपछि विदेश पलायन हुनुपर्ने बाध्यता रहेको अध्यक्ष तामाङले भने ।

कार्यक्रममा संघका कोषाध्यक्ष सन्तोष तामाङले स्वागत मन्तव्य दिए भने संचालन सचिव प्रकाश तामाङले गरेका थिए । कार्यक्रम संघका अध्यक्ष बबिलाल तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रममा संस्थाका सदस्यहरु सुरेश थिङ, विना तामाङ, रश्मी तामाङ, सुजन तामाङलगायतको उपस्थिति रहेको थियो । चितवनमा वि.सं. २०७० साल माघ २५ गते स्थापना भएको संघले यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । सोही अवसरमा निकट भविष्यमै अधिवेशनको तयारी थालेको जानकारी समेत दिइएको थियो । 

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - ०९:१२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology