Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

जलवायु संकटको प्रस्ट प्रमाण बन्यो ‘थामे प्रकोप’

जलवायु संकटको प्रस्ट प्रमाण बन्यो ‘थामे प्रकोप’

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
जलवायु संकटको प्रस्ट प्रमाण बन्यो ‘थामे प्रकोप’
images

सोलुखुम्बु । सोलुखुम्बुको थामेमा शुक्रबारको बाढी मानवजन्य जलवायु परिवर्तनका कारण निम्तिएको घटना भएको पाइएको छ। थामेभन्दा उपल्लो क्षेत्रका पाँच हिमतालमध्ये दुईवटा फुटेपछिको बहावले गेग्रान बढार्ने क्रममा थामे गाउँका २३ घर, केही होटल, एक पुल तथा भर्खरै निर्माण गरिएको लघु जलविद्युत् परियोजनालगायत नष्ट भएका छन्। खुम्बु क्षेत्रमा पदयात्राका लागि लोकप्रिय मानिने गोक्यो मार्गमा पर्ने यो गाउँमा बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको प्रारम्भिक अनुमान छ।

शनिबार बिहानै रक्षामन्त्री मनवीर राईसहित घटनास्थलमा पुगेका विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले थामे बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको प्रस्ट प्रमाणका रूपमा लिन सकिने बताए । उच्च हिमाली क्षेत्रमा भएको तापक्रम वृद्धि तथा परम्परागत रूपमा कम वर्षा हुने क्षेत्रमा वर्षा हुनुलाई जलवायु परिवर्तन जिम्मेवार रहेको मानिन्छ।

तापक्रम वृद्धिले हिमतालको आकार बढ्दा विस्फोटको जोखिम बढेको तथा उच्च हिमाली क्षेत्रमा ससाना हिमपोखरीको संख्या बढेको अध्ययनहरूले देखाएका छन्। यसैगरी हिमनदी (ग्लेसियर)को क्षेत्रफल र घनत्व घटेको छ।

छाया वर्षा क्षेत्र अर्थात् रेन स्याडो मानिने हिमालपारिका जिल्लामा समेत वर्षा हुन थालेको छ। यसले माथिल्लो तटीय क्षेत्रदेखि तल्लो तटीय क्षेत्रमा समेत क्रमागत विपत् निम्त्याउने गरेको छ। ‘जलवायु’ परिवर्तनले निम्त्याएको पछिल्लो प्रमाण थामे बाढीभन्दा अत्युक्ति हुँदैन,’ डा पोखरेलले भने।

थामेभन्दा नौ किलोमिटरमाथिको क्षेत्रमा रहेको एउटा ताल विस्फोट भएर अर्को तालमा बजारिएको र त्यही कारणले गेग्रानसहितको विशाल पानीको प्रवाह हुँदा थामेमा क्षति भएको उनको भनाइ छ। हिमताल विस्फोट भएको उक्त हिमाली क्षेत्रमा समेत तापक्रम न्यानो रहेको चर्चा गर्दै उनले भनेका छन्, ‘त्यो क्षेत्र वरपर कतै पहिरा छैनन्, न त कुनै डोजरे विकास छ। यो सरासर जलवायु परिवर्तनले निम्त्याएको तापक्रम वृद्धि र अनपेक्षित वर्षाको प्रत्यक्ष प्रमाण हो।’ यो समाचार नागरिक दैनिकमा छ,

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - ०८:२२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology