Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रोटर्‍याक्ट दमौलीको पदस्थापना : अध्यक्षमा रवि

रोटर्‍याक्ट दमौलीको पदस्थापना : अध्यक्षमा रवि

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
रोटर्‍याक्ट दमौलीको पदस्थापना : अध्यक्षमा रवि
images
दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको २२औं पदस्थापना कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । पदस्थापनासँगै रोटर्‍याक्ट क्लब अफ दमौलीको वर्ष २०२४-२५ का अध्यक्ष रवि अधिकारीले पदभार ग्रहण गरेका छन् ।

कार्यक्रममा वर्ष २०२३-२४ का अध्यक्ष अनुज बिमलीले वर्ष २०२४-२५ का अध्यक्ष अधिकारीलाई सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन् । साथै अध्यक्ष अधिकारीलाई कार्यक्रमका निवर्तमान अध्यक्ष बिमलीले कोलार लगाइदिएका थिए भने ग्याभल तथा हमर, चार्टर सर्टिफिकेट 
पुर्वअध्यक्षले हस्तान्तरण गरेका थिए ।

अध्यक्ष अधिकारीलाई असिस्टेन्ट डिष्ट्रिक रोटर्‍याक्ट रिप्रिजेन्टेटिभ विश्व दर्शन पराजुलीले सपथ गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष अधिकारीले सपथ ग्रहण गराएका थिए । साथै ६ जना नयाँ सदस्यहरुलाई रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटान जोन १५ का जेडआरआर रोशन खतिवडाले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले युवा र समाजमा क्लबले उल्लेख कार्य गरेको बताए । नगरपालिकाले पनि क्लबलाई निरन्तर सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटानका असिस्टेन्ट डिष्ट्रिक रोटर्‍याक्ट रिप्रिजेन्टेटिभ विश्व दर्शन पराजुलीले स्वार्थरहित सामाजिक सेवामा लाग्दा आत्मसन्तुष्टि मिल्ने गरेको बताए । साथै रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटानको कार्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष अधिकारीलाई उनले आग्रह गरे ।

त्यस्तै रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठले समाजको आवश्यकता बुझेर निरन्तर सामाजिक सेवामा रोटर्‍याक्ट दमौली लागेको बताए ।

पदभार ग्रहण गर्दै अध्यक्ष अधिकारीले रोटर्‍याक्ट क्लव अफ दमौलीले यस वर्ष अगाडि सारेका योजनाको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, वातावरण लगायतका कार्यक्रमलाई बढी प्राथमिकता दिने जानकारी दिए । एउटा प्रतिष्ठित संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताउदै अधिकारीले आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाए ।

सोही अवसरमा निवर्तमान अध्यक्ष अनुज बिमलीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए । साथै उनले आफ्नो कार्यकालमा भएका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराउदै आगामी नेतृत्वलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा क्लबका पुर्वअध्यक्ष मनोज राउतले स्वागत गरेका थिए भने क्लबका उपाध्यक्ष सुगत चन्द्र हड्खलेले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम क्लबका सचिव पवन पौडेलले संचालन गरेका थिए ।

सोही अवसरमा रोटर्‍याक्ट क्लब अफ दमौलीको नियमित प्रकाशन रोटर्‍याक्ट कोसेली डायरीको विमोचन गरिएको थियो । यस्तै कार्यक्रममा ३ जना विद्यार्थीलाई अध्ययनको लागी क्लबले सहयोग गरेको थियो । ३ जना विद्यार्थीलाई पछि सहयोग गर्ने क्लबले जनाएको छ ।

बसन्त आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत मुस्कान थापा, सर्वज्योती माविको कक्षा ५ मा अध्ययनरत झरना डाँगी र वेदव्यास आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत इशान परियारलाई स्टेशनरी, विद्यालय पोशाक सहित नगद एक हजार पाँच सयका दरले सहयोग गरिएको क्लबले जनाएको छ । 
 
साथै क्लबले सो अवसरमा ४ वटा परिवारको २२ जनाको स्वास्थ्य बिमा समेत गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - ०८:०४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology