Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मकवानपुरको कैलाश गाउँपालिकामा बन्चरो प्रहार गरी पतिले गरे पत्नीको हत्या

मकवानपुरको कैलाश गाउँपालिकामा बन्चरो प्रहार गरी पतिले गरे पत्नीको हत्या

इच्छाकामना न्युज

३०, श्रावण २०८१
मकवानपुरको कैलाश गाउँपालिकामा बन्चरो प्रहार गरी पतिले गरे पत्नीको हत्या
images

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका ५ कालीखोलामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। २० वर्षीया श्रीमती लक्ष्मी पाख्रीनको हत्या गरेको आरोपमा कैलाश गाउँपालिका ५, काफलडाँडाका २६ वर्षीय मंगलबहादुर पाख्रीन पक्राउ परेका हुन्।

images
images

मकवानपुर प्रहरीका अनुसार मंगलबहादुरले साउन २७ गते आफ्नै घरमा श्रीमतीलाई धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेका थिए। प्रहरीका अनुसार उनले श्रीमतीको शवलाई ११ टुक्रा पारी दुई बोरामा राखी कालीखोला स्थित सामुदायिक वनमा लगेर गाडेका थिए।

श्रीमतीको कपडाहरु शव गाडेको स्थानबाट केही पर खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सीताराम रिजालले जानकारी दिए। प्रहरीले मंगलबहादुरलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - २१:५९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology