Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धादिङबेसीबाट सम्पर्कविहिन भएका ३ बालिका बाग्लुङमा भेटिए

धादिङबेसीबाट सम्पर्कविहिन भएका ३ बालिका बाग्लुङमा भेटिए

images

इच्छाकामना न्युज

२९, श्रावण २०८१
धादिङबेसीबाट सम्पर्कविहिन भएका ३ बालिका बाग्लुङमा भेटिए
images

धादिङ । धादिङबेसीबाट सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रको अनुसार गत बुधबारदेखि सम्पर्कविहीन भएका उनीहरु सोमबार भेटिएका छन् । धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक बुधबार बिहान विद्यालय जान्छु भनी हिँडेकी थिइन् ।

रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधिखोजी सुरु गर्‍यो । रोशनीका विषयमा सोधिखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनैजान कक्षा ९ मा अध्ययनरत हुन् ।

images
प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १५:२५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology