Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सिमलतालमा भएको बस दुर्घटना महिना दिन पूरा, अझै भेटिएनन् बस र ३८ यात्रु

सिमलतालमा भएको बस दुर्घटना महिना दिन पूरा, अझै भेटिएनन् बस र ३८ यात्रु

images

इच्छाकामना न्युज

२९, श्रावण २०८१
सिमलतालमा भएको बस दुर्घटना महिना दिन पूरा, अझै भेटिएनन् बस र ३८ यात्रु
images

चितवन । सिमलताल बस दुर्घटनाको एक महिना पूरा भएको छ। नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९, सिमलतालमा दुईवटा यात्रुवाहक बस दुर्घटनामा परेको महिना दिन पूरा भएको हो। गत असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल बसलाई सिमलतालमा खसेको लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा बगेका थिए।

उक्त बसमा सवार ३८ यात्रु अझै बेपत्ता छन् भने बसको अवस्थाको पनि अज्ञात छ। दुईवटा बस काउन्टरको नामावली अनुसार दुई बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाउन सफल भए। खोजीकार्यमा २४ शव भेटिए। तर ती शवमा पनि २० जनाको मात्रै सनाखत भयो। जसमा १५ जना नेपाली रहेका छन् भने ५ जना भारतीय नागरिक रहेको थियो। चितवन प्रहरीका अनुसार बाँकी ४ वटा शव अझै चितवन स्थित सरकारी अस्पतालकै शवगृहमा छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अझै कम्तीमा ३८ यात्रु फेला परेका छैनन्। बेपत्ता बस र यात्रुको खोजी कार्य भने हाल पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए। उनका अनुसार पछिल्लो समय खोजीकार्य जारी रहे पनि उपलब्धि भने भएको छैन।

बेपत्ता बस र यात्रु खोज्न भारतबाट प्राविधिक टोली समेत आएको थियो। एक हप्ताका लागि आएको उक्त टोलीले पनि केही फेला पार्न सकेन। उक्त टोली साउन १३ गते स्वदेश फर्किएका थिए। घटनास्थल सिमलताल स्थित त्रिशूली नदीबाट भोर्लेस्थित नारायणी नदीसम्म नेपाली सुरक्षाकर्मीले नियमितरुपमा निगरानी गर्दै आएको प्रहरीले जनाएको छ।

 

images
प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १५:०७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology