Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बुटवलमा साँढेले हान्दा गुल्मीकी सीता पाण्डेको मृत्यु

बुटवलमा साँढेले हान्दा गुल्मीकी सीता पाण्डेको मृत्यु

इच्छाकामना न्युज

२६, श्रावण २०८१
बुटवलमा साँढेले हान्दा गुल्मीकी सीता पाण्डेको मृत्यु
images

रुपन्देही । रुपन्देहीको बुटवलमा छाडा साँढेले हान्दा महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-३ गोलपार्कमा खाजा पसल चलाउँदै आएकी गुल्मीको रेसुंगा नगरपालिका-४ घर भएकी ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।

images
images

साँढेले हानेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।

images
प्रकाशित मिति :श्रावण २६, २०८१ शनिवार - ०९:३३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology