Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बिएफसी लगातार दोस्रो पटक चितवन जिल्ला लिग च्याम्पियन 

बिएफसी लगातार दोस्रो पटक चितवन जिल्ला लिग च्याम्पियन 

images

इच्छाकामना न्युज

२५, श्रावण २०८१
बिएफसी लगातार दोस्रो पटक चितवन जिल्ला लिग च्याम्पियन 
images

चितवन । हानामी भरतपुर फुटबल क्लब बिएफसी लगातार दोस्रो सिजन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । आज (शुक्रबार) भएको उपाधि भिडन्तमा पानस युवा क्लबलाई टाइब्रेकरमा ४(२ ले हराउँदै बिएफसी च्याम्पियन बनेको हो । 

खेलको निर्धारित समय २(२ को बराबरीमा सकिएको थियो । बिएफसीका लागि सुमन आले र सन्देश श्रेष्ठ तथा पानसका लागि सन्दीप सुनार र शिव गुरुङले गोल गरे । 

खेलमा अग्रता भने पानसले लिएको थियो । नवौं मिनेटमा सन्दीपको गोलमा पानसले अग्रता लिएको थियो । तर ३८ औं मिनेटमा सुमनले बिएफसीका लागि बराबरी गोल फर्काए । 

५५ औं मिनेटमा सन्देशले गोल गर्दै बिएफसीलाई अग्ररा दिलाए । तर ७० औं मिनेटमा शिवले पानसका लागि बराबरी गोल गरे । बाँकी समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । जसमा बिएफसीले बाजी मार्‍यो । बिएफसीका गोलकिपर तथा क्याप्टेन मनोज गुरुङ म्यान अफ दि म्याच भए । 

विजेता बिएफसीले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पानसले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । बिएफसीका सन्दीप केसी प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसहित दश हजार रुपैयाँ प्राप्त गरे । 

हर्दी युवा समाजका सन्तोष थिङ प्रतियोगिताभरको उत्कृष्ट फर्वाड घोषित भए । पानसका निश्चल बस्नेत उत्कृष्ट डिफेन्डर, बिएफसीका मनोज गुरुङ उत्कृष्ट गोलकिपर तथा पानसका सन्जित सुनार उत्कृष्ट मिडफिल्डर  घोषित भए ।  बिएफसीका प्रशिक्षक कुसुम दीप लो उत्कृष्ट प्रशिक्षक भए । उनीहरुले ट्रफीसहित समान ५(५ हजार रुपैयाँ प्राप्त गरे । 

चितवन जिल्ला फुटबल संघले आयोजमा गरेको प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्र्निङ तथा प्रायोजकमा वैद्धिक आयुर्वेद सेवा प्रालि रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - २२:१०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology