Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘हामी परिणाम आउने गरेर काम गरी देखाउनेछौं’ : वनमन्त्री कृष्ण सिलवाल

‘हामी परिणाम आउने गरेर काम गरी देखाउनेछौं’ : वनमन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

१९, श्रावण २०८१
‘हामी परिणाम आउने गरेर काम गरी देखाउनेछौं’ : वनमन्त्री कृष्ण सिलवाल
images

चितवन । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताउनुभएको छ । शनिबार जिल्लाको कालिका नगरपालिका ८ गैरीबारीचोकमा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समितिको परिसरमा भएको वृक्षारोपण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

images
images

452424246_1555616082033207_3178526030616771642_n.jpg कार्यक्रमलाई सम्बोन्धनकै क्रममा उहाँले वृक्षारोपण गर्नु भन्दा पनि लगाईएको बिरुवा संरक्षण गरेर हुर्काउनु ठुलो कुरा भएको बताउनुभयो । ‘हामी बर्षेनी लाखौ बिरुवा रोपेर वृक्षारोपण गर्छौ तर त्यसको उचित संरक्षण गर्न नसक्दा नतिजा शुन्य हुन्छ’ –उहाँले भन्नुभयो ‘अब हामी कति बिरुवा रोप्यौ भनेर गणना गर्ने हैन नतिजामा कति बिरुवा हुर्काउन सक्यौ भनेर काम गर्छौ ।’

453667846_904046868429104_5604293582251522086_n.jpg

लगाईएको बिरुवाको संरक्षण गरेर हुर्काउन सकेमात्र कामको परिणाम देखिने भएकोले बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले अब वृक्षारोपण सफल परिणाम आउने गरी काम गर्ने उहाँले बताउनुभयो । साथै उहाँले वृक्षारोपण गरिएपछि त्यसलाई संरक्षण गरी हुर्काउन बढाउन मन्त्रालयले आवश्यक रकमको जोहो गर्न तयार रहेको बताउनुभयो ।

453352945_1023668726216383_82080924749366193_n.jpg

नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघको जिल्ला कमिटि चितवनको आयोजनामा ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रम अन्तर्गत सो स्थानमा करिब १ हजार बिरुवा रोपिएको युवा संघ चितवनका अध्यक्ष झलकराज भट्टले जानकारी दिनुभयो ।

453738593_514524684480405_4476868369926881653_n.jpg

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मी, उपप्रमुख बिमला तामाङ लगायत नेकपा एमाले र युवा संघका विभिन्न कमिटिका सदस्य, पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

453430380_880487797471250_5919970072028712090_n.jpg

452615223_1889115331589636_1599105272298294631_n.jpg452099653_1202014914473346_3838076153314729837_n.jpg

images
प्रकाशित मिति :श्रावण १९, २०८१ शनिवार - २०:५३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology