Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवन जिल्ला लिग : बिएफसी र पानस सेमिफाइनलमा

चितवन जिल्ला लिग : बिएफसी र पानस सेमिफाइनलमा

images

इच्छाकामना न्युज

१६, श्रावण २०८१
चितवन जिल्ला लिग : बिएफसी र पानस सेमिफाइनलमा
images

चितवन । हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज (बुधबार) समूह ए को अन्तिम दुई खेल सम्पन्न भएसँगै बिएफसी र पानसले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ६ खेलमा ५ जित र एक हार व्यहोरेको बिएफसी १३ अंक भएको छ । उता पानस समान खेलमा ४ जित, एक हार र एक बराबरीसहित १३ अंकका साथ नै सेमिफाइनलमा स्थान बनाएको छ ।

शारदानगरमा भएको पहिलो खेलमा बिएफसीले गीतानगर ब्वाईजलाई ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो । जित्नै पर्ने खेलमा बिएफसीलाई जिताउन सन्दीप केसीले ३२ र ६७ औं, सन्देश श्रेष्ठले ३५ तथा ५४ औं र सुमन आलेले २५ औं मिनेटमा गोल गरे । बिएफसीका सदीप केसी म्यान अफ दि म्याच भए ।  

उता सम्पन्न दोस्रो खेलमा पानसले एष्ट्रल युथ सोसाइटीलाई बराबरीमा रोक्दै अंक खोस्यो । सेमिफाइनलमा स्थान बनाउन पानसलाई कम्तिमा एक अंक आवश्यक थियो । उता एष्ट्रललाई भने स्पष्ट ३ अंक आवश्यक थियो ।

खेलमा अग्रता एष्ट्रलले लिएको थियो । खेलको ५७ औं मिनेटमा अश्विन लो तमाङले पेनाल्टीमा गोल गर्दै एष्ट्रललाई अग्रता दिलाएका थिए । तर उसले त्यो अग्रता जोगाउन सकेन । ६९ औं मिनेटमा पानसका शिव गुरुङले बराबरी गोल गरे । उक्त गोल नै पानसलाई सेमिफाइनलमा स्थान बनाउन पर्याप्त भयो ।

पानसका निश्चल बस्नेत म्यान अफ दि म्याच भए । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०८१ बुधवार - २१:४२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology