Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन जिल्ला लिग : हर्दी र माडी सेमिफाइनलमा

चितवन जिल्ला लिग : हर्दी र माडी सेमिफाइनलमा

images

इच्छाकामना न्युज

१३, श्रावण २०८१
चितवन जिल्ला लिग : हर्दी र माडी सेमिफाइनलमा
images
चितवन । हर्दी युवा समाज र माडी ११ सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (आइतबार) समूह बी को अन्तिम दुई खेल सम्पन्न भएसँगै हर्दी र माडीले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ५ खेलमा ४ जित र एक बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ । उता माडी ११ समान खेलमा ३ जित, एक हार र एक बराबरीसहित १० अंकका साथ उपविजेता बनेको छ ।

शारदानगरमा भएको खेलमा नारायणगढ एफसीलाई ३-१ ले हराउँदै माडी ११ ले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उसको जितमा रितेश क्षेत्रीले खेलको २३ औं र ६८ औं तथा सन्देश महतोले ३६ औं मिनेटमा गोल गरे ।
एनएफसीका राजु सेन्चुरीले ५३ औं मिनेटमा एक मात्र गोल गरे ।

उता आजै कृष्णपुरमा सम्पन्न समूह बी कै अर्को खेलमा रामपुर एफसीले एभरेष्ट क्लब चितवनलाई ६-० ले पराजित गर्‍यो । यो हार र माडीको जितका कारण एभरेष्टको यात्रा लिग चरणमा नै टुङ्गियो । रामपुरका जिताउन साहेल थापा र बिमल तामाङके ह्याट्रिक गरे । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
 

images
प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - २१:५२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology