Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गुरुङ विद्यार्थीको केन्द्रीय समिति विघटन, कार्तिकमा तनहुँमा १२ औं महाधिवेशन हुने

गुरुङ विद्यार्थीको केन्द्रीय समिति विघटन, कार्तिकमा तनहुँमा १२ औं महाधिवेशन हुने

images

इच्छाकामना न्युज

१३, श्रावण २०८१
गुरुङ विद्यार्थीको केन्द्रीय समिति विघटन, कार्तिकमा तनहुँमा १२ औं महाधिवेशन हुने
images

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ केन्द्रीय समितिले केन्द्रीय समिति विघटन गर्दै १२औँ महाधिवेशनका लागि मूल आयोजक समिति निर्माण गरेको छ । शनिबार भरतपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले वर्तमान केन्द्रीय समितिलाई विघटन गर्दै महाधिवेशन सम्पन्न गर्नका लागि विश्वराज गुरूङको संयोजकत्वमा ९९ सदस्यीय मूल आयोजक समिति घोषणा गरेको हो ।

उक्त बैठकले तनहुँको सदरमुकाम दमौलीमा आउँदो कात्तिक २४ देखि २६ गतेसम्म महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज गुरूङले जानकारी दिए । 

नेपाल तमू विद्यार्थी छोँज धीँ तनहुँको व्यवस्थापनमा हुने महाधिवेशन सम्पन्न गर्न जिल्ला र प्रदेशले त्यसभन्दाअघि नै सम्मेलन गर्नुपर्नेसमेत निर्णय गरेको छ । केन्द्रीय समितिको बैठक सुरू हुनुपूर्व नेपाल तमू विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति चितवनले केन्द्रीय समितिलाई स्वागत तथा सम्मान गरेको थियो ।

२०५२ सालमा गठन भएको नेपाल तमू विद्यार्थी छोँज धीँको ३५ जिल्लामा शाखा विस्तार भइसकेको छ । बाँकी जिल्लाहरुमा पनि शाखा विस्तारको प्रयास भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - ०७:५२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology