Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालको वैदेशिक व्यापारः १५ खर्बको किन्यो, डेढ खर्बको बेच्यो

नेपालको वैदेशिक व्यापारः १५ खर्बको किन्यो, डेढ खर्बको बेच्यो

पत्रपत्रिका

८, श्रावण २०८१
नेपालको वैदेशिक व्यापारः १५ खर्बको किन्यो, डेढ खर्बको बेच्यो
images

काठमाडौं । मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुचन आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको थियो ।

images
images

यो समाचार गोरखापत्र दैनिकमा छ, एक वर्षमा निर्यात ३.०३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपियाँमा झरेको छ । आव २०७९/८० मा एक खर्ब ५७ अर्ब १४ करोड ६९ लाख रुपियाँको निर्यात भएको थियो ।

गएको एक वर्षमा आयात घट्दा व्यापार घाटा ०.९६ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपियाँको भएको छ । अघिल्लो वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपियाँ व्यापार घाटा भएको थियो । गत एक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी आई १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपियाँमा सीमित रहेको छ ।

व्यापारविज्ञ एवं पूर्वसचिव पुरुषोत्तम ओझाले बजारमा माग न्यून हुँदा आयातमा कमी आएको बताए । पाम तेल, सूर्यमुखी तेल र भटमासको तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको उनको भनाइ छ । कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर निर्यात गरिने वस्तुको निर्यातमा कमी हुँदा त्यसको असर नपरे पनि मुलुकमा उत्पादित चिया, अलैँची, कार्पेट, गार्मेन्टको निर्यात घट्दा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले रुस–युक्रेन युद्धपछि बाहिरी मुलुकबाट कच्चा पदार्थको आयात कम हुुँदा समग्र निर्यातमा कमी आएको जानकारी दिए । विभागका अनुसार एक वर्षमा सबैभन्दा धरै भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड रुपियाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट एक खर्ब तीन अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात न्यून हुँदा भारतसँग आठ खर्ब ९३ अर्ब ५० करोड ५१ लाख रुपियाँ व्यापार घाटा छ ।

यस्तै चीनबाट दुई खर्ब ९८ अर्ब बराबर वस्तु आयात, दुई अर्ब ५८ करोड बराबर वस्तु निर्यात भएको देखिन्छ । चीनसँग दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख रुपियाँ व्यापार घाटा रहेको छ ।

पेट्रोलियममा मात्र साढे तीन खर्ब बाहिरियो

एक वर्षमा पेट्रोलियम पदार्थ आयातमा मात्र तीन खर्ब ३७ अर्ब ३४ करोड रुपियाँ विदेशिएको छ । पेट्रोलियम आयात उच्च हुँदा व्यापार घाटा बढाएको छ । एक वर्षमा सबैभन्दा धेरै एक खर्ब ४३ अर्ब ९७ करोड ६७ करोड २७ हजार रुपियाँको डिजेल आयात भएको छ ।

यस्तै एक वर्ष ६८ अर्ब १० करोड २० लाख ३६ हजार रुपियाँको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । २० अर्ब रुपियाँको ७८ करोड ४१ लाख रुपियाँको हवाई इन्धन आयात भएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - ०७:२१:१९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology