Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्वी चितवनको राप्ती स्थित गड्यौली चोकमा ट्रक र बलेरो ठोक्किदा एक जना घाइते

पूर्वी चितवनको राप्ती स्थित गड्यौली चोकमा ट्रक र बलेरो ठोक्किदा एक जना घाइते

इच्छाकामना न्युज

७, श्रावण २०८१
पूर्वी चितवनको राप्ती स्थित गड्यौली चोकमा ट्रक र बलेरो ठोक्किदा एक जना घाइते
images

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका–२ गड्यौली चोकमा ट्रक र बलेरो ठोक्किदा बलेरो चालक घाइते भएका छन् ।

images
images

गएराति १२ः४० बजेको समयमा पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ६ ख २४२४ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ च २९५७ नम्बरको केरा बोकेको बलेरो आपसमा ठोक्किएका थिए ।

दुई सवारी आपसमा ठोक्किदा बलेरो चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–३ बस्ने बर्ष २७ को प्रदिप तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घाइतेको मुख र ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - ०८:४३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology