Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

भरतपुरका शिवको 'माया कति छ भने' सार्वजनिक

भरतपुरका शिवको 'माया कति छ भने' सार्वजनिक

इच्छाकामना न्युज

५, श्रावण २०८१
भरतपुरका शिवको 'माया कति छ भने' सार्वजनिक
भरतपुर । शिव अर्याल र अनिता सुनारको स्वरमा रहेको 'माया कति छ भने' बोलको गीत सार्वजनिक भएको छ । लोक जनराको उक्त गीत आज (शुक्रबार) शिव अर्याल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गढी दुग्ध उत्पादक सहकारी संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक शिवकै शब्द तथा लय छ । गीतमा दीपक संगम बिसीको एरेन्ज छ । गीत मधुमाला स्टुडियोमा रेकर्ड गरिएको हो ।

काठमाडौंमा छाँयाकन गरिएको गीतको भिडियो सागर ज्ञवालीले निर्देशन गरेका हुन् । भिडियोमा शिव र रिना गुरुङको अभिनय छ । हरि ढकालले खिचेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।  
 

गीतमा माया प्रेमको कथालाई उठाईएको छ । पत्रकार सम्मेलनमा गायक शिवले दोस्रो कोशेलीको रुपमा 'माया कति छ भने' बजारमा ल्याएको बताए । उनको यस अघि आधुनिक जनराको गीत बजारमा आइसकेको छ । यो गीत राम्रो हुने अपेक्षा रहेको उनले बताए ।

भरतपुर १६ निवासी शिव गायनसँगै गढी दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापकको रुपमा कार्यरत छन् । उनले सहकारीको व्यवस्थापकसँगै सांगितिक क्षेत्रलाई पनि निरन्तरता दिने बताए । तीज लगत्तै अर्को गीत सार्वजनिक गर्ने तयारी रहेको पनि उनले जानकारी दिए । 
 
गीतको लिंक :
 

images
प्रकाशित मिति :श्रावण ५, २०८१ शनिवार - ०८:४०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology