Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

इच्छाकामना न्युज

३२, आषाढ २०८१
सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी
images

पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको बताए ।

images
images

“ईश्वर समाजको कथा हो । समाजमा भएका वेथिति विरुद्धको आवाज ईश्वरले बोल्छ । प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरएको छ ।”, उनले भने । सिनेमाको कथा मन परेकाले लगानी गरेको भनाई उनको छ ।
सिनेमामा निर्माताको रुपमा निरन्तरता दिने प्रतिबद्धता समेत उनले गरेका छन् । सिनेमाले दर्शकको मन छुनेमा उनी आशावादी देखिन्छन् ।

माओत्से गुरुङले अन्याय र अत्याचारको विरुद्धमा लाग्ने प्रहरीको विषयमा सिनेमा माध्यम उल्लेख गरिएको बताए । सिनेमामा उनी भूपूूआर्मीको भूमिकामा देखिएका छन् ।

नायिका कृष्टी गुुरुङले ईश्वर आफ्ना लागि सिनेमा क्षेत्रमा कडीको रुपमा साबित हुने बताइन् । उनी आफ्नो भूमिकामा आशावादी छिन् ।

दिव्याकंगना फिल्मको प्रस्तुतीमा निर्माण भएको सिनेमाको पत्रकार सम्मेलन चपस कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सह—सचिव शंकर तिवारीले गरेका थिए ।

images
प्रकाशित मिति :आषाढ ३२, २०८१ सोमवार - २१:५०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology