चितवन, असार २३ । नारायणी नदीमा आएको बाढीले नारायणगढको नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ स्थित वडा प्रहरी कार्यालय नारायणगढदेखि केहि पर रहेको सो पुलले नगरवन जोड्ने गर्दथ्यो ।
गएराति १२ बजे नदीको पूर्वी भंगालो तर्फ आएको बाढीले झोलुङ्गे पुलको दुवै साइडको बेस ढालेको हो । पानीले दुवैतर्फ रहेको बेसलाई क्रमश कमजोर बनाउदै लगेको थियो । आजभन्दा झण्डै २० वर्ष अघि झोलुङ्गे पुल निर्माण गरिएको थियो ।