Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भानु सप्ताहको पहिलो दिन शनिबार तनहुँको दमौलीमा कविता वाचन कार्यक्रम हुँदै

भानु सप्ताहको पहिलो दिन शनिबार तनहुँको दमौलीमा कविता वाचन कार्यक्रम हुँदै

इच्छाकामना न्युज

२२, आषाढ २०८१
भानु सप्ताहको पहिलो दिन शनिबार तनहुँको दमौलीमा कविता वाचन कार्यक्रम हुँदै
images

तनहुँ । राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्तीको अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले कविता वाचन कार्यक्रम गर्ने भएको छ ।

images
images

‘भाषा, साहित्य र सस्कृतिको उत्थान साहित्यिक जागरण भन्ने मुल नाराका साथ’ प्रतिष्ठानले भानु जयन्ती सप्ताहको पहिलो दिन असार २२ गते शनिबार विहान ११ः३० बजे व्यास नगरपालिकाकाको सभा हल, दमौलीमा रचना बाचन कार्यक्रम राखिएको गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँमा महासचिव अमरराज नहर्कीले जानकारी दिनुभयो । प्रतिष्ठानले प्रत्येक वर्ष भानुजयन्तीको अवसरमा कार्यक्रम गर्दै आईरहेको छ ।

वरिष्ठ कवि तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानेले जानकारी दिनुभयो । आदिकवि भानुभक्त आचार्य र नेपाली साहित्यलाई माया गर्ने सबै महानुभावहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनुहुन प्रतिष्ठानले  आग्रह गरेको छ । सोही कार्यक्रममा प्रतिष्ठानका निर्वतमान अध्यक्ष सागर उदाशलाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानको उपाध्यक्ष संगम सापकोटाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :आषाढ २२, २०८१ शुक्रवार - २२:३५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology