Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा नगदसहित सम्मानित

क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा नगदसहित सम्मानित

images

इच्छाकामना न्युज

१९, आषाढ २०८१
क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा नगदसहित सम्मानित
images
चितवन । क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । लामिछानेलाई आज (मंगलबार) विभिन्न संस्थाले नगदसहित सम्मान गरेको हो ।

लामिछानेलाई चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आज दिउँसो सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टी २० अन्तराष्ट्रियमा एक सय विकेट लिएको अवसर पार्दै लामिछानेलाई सम्मान गरिएको सेन्ट्रल कलेजका प्राचार्य यज्ञविलास पौडेल (वाईबी) ले बताए । लामिछानेले क्रिकेटको माध्यमबाट देशलाई अतुलनिय योगदान गरेको पौडेलको भनाइ थियो ।  

सो अवसरमा लामिछानेले आफ्नो सुरुवाती दिन स्मरण गरेका थिए । उनले नारायणगढको क्याम्पाचौरस्थित नेटमा अभ्यास गर्दाको दिनहरु स्मरण गर्दै आफ्नो लक्ष्यमा पुग्न कडा मेहेनतका साथ अघि बढ्न युवा खेलाडीहरुलाई सुझाव दिए । उनले सम्मानका लागि सेन्ट्रल कलेज र चितवन क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे ।

चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सन्दीप कडा मेहेनत र अनुशासनले आज विश्वमाझ चिनिएको बताए । उनले धेरै युवा खेलाडीलाई उत्प्रेरणा प्रदान गरेको पियाको भनाइ थियो ।

यस अघि आज नै भरतपुर महानगरपालिकाले पनि सन्दीपलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा लामिछानेलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो 
 

images
प्रकाशित मिति :आषाढ १९, २०८१ मंगलवार - २०:५०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology