Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सभापति रवि लामिछाने सत्तालिप्सा बनेको आरोप लगाउँदै मकवानपुरका ६ नेताले छाडे रास्वपा

सभापति रवि लामिछाने सत्तालिप्सा बनेको आरोप लगाउँदै मकवानपुरका ६ नेताले छाडे रास्वपा

इच्छाकामना न्युज

१८, आषाढ २०८१
सभापति रवि लामिछाने सत्तालिप्सा बनेको आरोप लगाउँदै मकवानपुरका ६ नेताले छाडे रास्वपा
images

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तालिप्सा र भागवण्डामा केन्द्रित भएको आरोप लगाउँदै रास्वपा मकवानपुरका ६ जना नेताले पार्टी परित्या गरेका छन्।

images
images

पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सत्तालिप्सा बनेको आरोप लगाउँदै रास्वपा मकवानपुरका क्षेत्रीय सभापति, वडा कमिटी र पदाधिकारीहरुले सामूहिक रुपमा पार्टी त्याग गरेका हुन्।

पार्टी परित्याग गर्नेमा रास्वपा मकवानपुरका सचिवालयका सचिव भुवन खनाल, मकवानपुर संघीय क्षेत्र नम्बर १ का उपसभापति जगदीश दाहाल, हेटौँडा उपमहानगरपालिका सदस्य टंकबहादुर हिम्डुङ, हेटौँडा १७ नम्बर वडा सचिव श्याम सुन्दर राई, सोही वडा कार्यसमितिका उपसभापति विकास श्रेष्ठ र हेटौँडा उपमहानगरपालिका १३ नम्बर वडा समितिका सिंगो वडा समितिले नै पार्टी परित्यागको घोषणा गरेको हो। 

‘देशको उपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका पार्टी सभापति रवी लामिछाने ज्यूले आफू सञ्चरकर्ममा रहँदा राजनीतिज्ञलाई आफू राजनीतिमा आएपछि सञ्चारक्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्ने बाहेक केही गर्न सक्नुभएन। उहाँको बोली र काममा ठूलै अन्तर देखिएको प्रष्ट छ,’ विज्ञप्तीमा भनिएको छ।

उनीहरुले शासकीय स्वरुपको परिवर्तन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश खारेजी लगाएतका थुप्रै महत्वपूर्ण विषय चुनावी नारामा मात्रै सिमित गर्दै त्यसको लागि कुनै प्रयास पार्टी नेतृत्वबाट नभएको पनि आरोप लगाएका छन्। 

सोही कारण आफूहरुले रास्वपाबाट अलग रहने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ।

images
प्रकाशित मिति :आषाढ १८, २०८१ सोमवार - ०८:४८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology