Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सेन्ट्रल कलेज चितवन जिल्ला लिग : एष्ट्रल र सौराहाले अंक बाँडे

सेन्ट्रल कलेज चितवन जिल्ला लिग : एष्ट्रल र सौराहाले अंक बाँडे

images

इच्छाकामना न्युज

१७, आषाढ २०८१
सेन्ट्रल कलेज चितवन जिल्ला लिग : एष्ट्रल र सौराहाले अंक बाँडे
images

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले अंक बाँडेका छन् ।

लिग अन्तर्गत आज (आइतबार) भरतपुर ७ कृष्णपुर मैदानमा सम्पन्न समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे ।

खेलको आठौं मिनेटमा जुनितको गोलमा एष्ट्रलले अग्रता लिएको थियो । तर उसको अग्रता पहिलो हाफसम्म मात्रै सीमित रह्यो । ५८ औं मिनेटमा सौराहाका सञ्जयले बराबरी गोल फर्काए ।

 खेलमा थप गोल हुन सकेन र दुई टिमले एक-एक अंंक बाँँडेका हुन् । सौराहाका सरोज दर्लामी म्यान अफ दि म्याच भए । उनले ट्रफीसहित दुई हजार पाँच सय प्राप्त गरे । लिगमा सोमबार समूह बी का रामपुर फुटबल क्लब रड्स र हर्दी युवा समाजबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुकी ५ बजे हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ । 

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - २१:४५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology