Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सेन्ट्रल कलेज चितवन जिल्ला लिग : साबिक विजेता बिएफसीको विजयी सुरुवात 

सेन्ट्रल कलेज चितवन जिल्ला लिग : साबिक विजेता बिएफसीको विजयी सुरुवात 

images

इच्छाकामना न्युज

१५, आषाढ २०८१
सेन्ट्रल कलेज चितवन जिल्ला लिग : साबिक विजेता बिएफसीको विजयी सुरुवात 
images
चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक विजेता हानामी भरतपुर फुटबल क्लब (बिएफसी) ले विजयी सुरुवात गरेको छ । 
 
 आज (शुक्रबार) भरतपुर ७ कृष्णपुर मैदानमा सम्पन्न उद्घाटन खेलमा नारायणी फुटबल क्लबलाई २-० ले हराउँदै बिएफसीले विजयी सुरुवात गरेको हो । उसको जितमा सुमन आले मगर र सागर तामाङ लोप्चनले गोल गरे । 
 
 खेलको सातौं मिनेटमा सुमनको गोलमा बिएफसीले अग्रता लिएको थियो । ५९ औं मिनेटमा सागरले गोल गर्दै २-० को जित सुनिश्चित गरे। विएफसीका अन्जन चौधरी म्यान अफ दि म्याच चुनिए ।
 
 लिगमा शनिबार साविक उपविजेता एभरेष्ट क्लब र माडी ११ भिड्नेछन् । खेल बेलुकी ५ बजे कृष्णपुरमा हुनेछ ।
 
 यस अघि लिगको अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी) लगायतको उपस्तिथि थियो । 
 
चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज रहेको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०८१ शुक्रवार - २१:२८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology