Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शान्ति समाज चितवनले मनायो लागू औषध दुरुपयोगविरुद्धको अन्तराष्ट्रिय दिवस

शान्ति समाज चितवनले मनायो लागू औषध दुरुपयोगविरुद्धको अन्तराष्ट्रिय दिवस

images

इच्छाकामना न्युज

१४, आषाढ २०८१
शान्ति समाज चितवनले मनायो लागू औषध दुरुपयोगविरुद्धको अन्तराष्ट्रिय दिवस
images

भरतपुर । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२४ मनाएको छ ।

दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागूऔषध विरुद्ध सचेतनामुलक कार्यक्रमअन्तरर्गत भरतपुरको गितानगरमा रहेको पारिजात ईङलिस बोर्डिङ स्कुल र ज्ञानदर्शन सेकेन्डरि बोर्डिङ स्कुलका बालबालिकालाई लागूऔषध विरुद्ध सचेतता मुलुक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सचिव जिवन के.सीले पारिजात र आजिवन सदस्य पुर्णचन्द चापागाईले ज्ञानदर्शनमा लागूऔषधले समाज र मानव स्वास्थ्यमा पर्ने असरबारे संस्थाले तयार पारेको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :आषाढ १४, २०८१ बिहिवार - ०८:२३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology