Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपा प्युठानका संयोजकले दिए राजीनामा, भन्छन्– आसन र भाषणमा मात्रै रमाउन मनले मानेन

रास्वपा प्युठानका संयोजकले दिए राजीनामा, भन्छन्– आसन र भाषणमा मात्रै रमाउन मनले मानेन

इच्छाकामना न्युज

१३, आषाढ २०८१
रास्वपा प्युठानका संयोजकले दिए राजीनामा, भन्छन्– आसन र भाषणमा मात्रै रमाउन मनले मानेन
images

प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा रमाउन नसकेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

images
images

उनले मंगलबार फेसबुकमा लेखेका छन्, ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

उनले थप लेखेका छन्, ‘समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिका लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन ।’

यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिएको तर आफूले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न नसकेको सुवेदीले बताएका छन् । ‘यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो,’ उनले लेखेका छन्, ‘यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिनँ ।’

फरक देखिन र बोल्न सिकेर होइन, फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी भएको पनि उनले उल्लेख गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ १३, २०८१ बुधवार - ०९:११:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology