Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

रुसी सेनामा भर्ती भएका तनहुँ आँबुखैरेनीका युवा रंजित गुरुङको रुस-युक्रेन युद्धमा परि मृत्यु

रुसी सेनामा भर्ती भएका तनहुँ आँबुखैरेनीका युवा रंजित गुरुङको रुस-युक्रेन युद्धमा परि मृत्यु

images

इच्छाकामना न्युज

१२, आषाढ २०८१
रुसी सेनामा भर्ती भएका तनहुँ आँबुखैरेनीका युवा रंजित गुरुङको रुस-युक्रेन युद्धमा परि मृत्यु
images

आँबुखैरेनी । रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको रुस-युक्रेन युद्धमा परि मृत्यु भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार तनहुँ आँबुखैरेनी गाउँपालिका ५ भटिश्वरा गाउँका रंजित गुरुङको रुस-युक्रेन युद्धमा परि मृत्यु भएको हो । FB_IMG_1719307531807.jpgगुरुङ दुवई हुँदै करिब ७-८ महिना अघि रुसि सेनामा भर्ती हुन रुस पुगेको थियो । सोही बेलादेखी उनी रुसी सेनामा भर्ती भै लडाइमा सहभागी भएको उनका आफन्त टेक बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मृतकसंगै रुसि सेनामा कार्यरत साथी सुरज गुरुङले रन्जित मृत्यु भएको खबर परिवारलाई दिएका हुन् । मृतक रन्जित गुरुङको परिवारमा श्रीमती १ छोरा र करिव वर्षदिन पुगेको १ छोरी छिन् । Screenshot_2024-06-25-15-11-55-561_com.facebook.katana.jpgहाल उनिहरु चितवनको खैरहनी स्थित सिद्दिपुरमा बसोबास गर्छन् । मृतक गुरुङले युद्धमा जानू अघि मात्रै आफ्नो फेसबुक पेजमा "अब केही दिन अनलाई अाउन पाउदिन होला सबैलाई मीठो सम्झाना शुभरात्रि🙏" स्टाटस लेखेका थिए ।

images
प्रकाशित मिति :आषाढ १२, २०८१ मंगलवार - १५:१५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology