Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कालिकाको खोलेसिमलमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट, सिसिटिभी पनि चोरी

कालिकाको खोलेसिमलमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट, सिसिटिभी पनि चोरी

इच्छाकामना न्युज

३, आषाढ २०८१
कालिकाको खोलेसिमलमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट, सिसिटिभी पनि चोरी

चितवन । चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट भएको छ । शनिवार साँझ ८ः४० बजेको समयमा अज्ञात समूहले बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा लुटपाट गरेको हो । लुटेरा समूहले सिसिटिभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

images

पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैंया चोरी भएको छ । चोरी भएको भनिएको मध्येको ७७६.८१ ग्राम सुन पसलमै फेला परेको प्रहरीले जनाएको छ ।

हरेक महिनाको १ गते खोलेसिमल बजार बन्द हुने गरेको छ । शनिबार सुनचाँदी पसल भने खुला थियो । पसल बन्द गर्ने समय पारेर लुटपाट गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । पसल लुटपाट गर्ने समयमा संचालक नरहेको र कामदारमात्र रहेको जनाइएको छ ।

पसलबाट कति सुनचाँदी चोरी भएको भन्ने विवरण संकलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०८१ आइतवार - ०९:४१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology