Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बुद्धले २९ वर्ष बिताएको ठाउँमा बनेका घर खाली गर्न अटेर, असारभित्र खाली नगरे कारबाही गरिने

बुद्धले २९ वर्ष बिताएको ठाउँमा बनेका घर खाली गर्न अटेर, असारभित्र खाली नगरे कारबाही गरिने

images

इच्छाकामना न्युज

२७, जेठ २०८१
बुद्धले २९ वर्ष बिताएको ठाउँमा बनेका घर खाली गर्न अटेर, असारभित्र खाली नगरे कारबाही गरिने
images

काठमाडौं । कपिलवस्तु राज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्नका लागि पुरातत्व विभागले अधिग्रहण गरेका ३३ घरधनीले घर खाली गर्न अटेर गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म गर्न ती घर रहेका कित्ताका जग्गाहरु  रहेको स्थानमा थप अनुसन्धान गर्ने र समग्र तिलौराकोट पुरातात्विक स्थलको व्यवस्थापन गर्नका लागि अधिग्रहण भई नेपाल सरकार, पुरातत्व विभागको नाममा आइसकेका र मुआब्जा वितरण समेत भइसकेका छन् ।

विभागले ६ महिनाभित्र उक्त क्षेत्र खाली गर्न २०८० मंसिर ७ गते सूचना प्रकाशित गरेको थियो । तर हालसम्म पनि ती घर खाली नभएकाले घर जग्गा खाली गरिदिन विभागले अन्तिम पटक सूचना प्रकाशित गरेको हो ।

विभागले असार मसान्तभित्र उक्त क्षेत्र खाली गर्न भनेको छ । अन्यथा कानुनबमोजिम आवश्यक कारवाही अगाडि बढाउने चेतावनी विभागले दिएको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको (युनेस्को) सम्भावित विश्व सम्पदा सूचीमा रहेको प्राचीन कपिलवस्तु राज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि तिलौराकोट क्षेत्रको अनुसन्धानबाट तिलौराकोट वरिपरिको क्षेत्रमा जमिनको सतहमुनि प्रशस्त संख्यामा पुरातात्विक महत्वका संरचनाहरु देखिएका छन् ।

तिलौराकोट प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ । सदरमुकाम तौलिहवाबाट तीन किलोमिटर उत्तर बाणगङ्गा नदीको किनारमा रहेको उक्त स्थल  बुद्धले २९ वर्ष बिताएको ठाउँ तथा उनका बुबा राजा शुद्धोधनको राजाप्रसाद रहेको विश्वास गरिन्छ ।

पुरातत्व विभागले गरेको उत्खननका क्रममा तिलौराकोटमा इसापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानव बस्ती भएको तथ्य फेला परेको छ । ‘युनेस्को जापानिज फण्ड इन ट्रष्ट’को आर्थिक सहयोगमा २०७१ देखि भइरहेको उत्खननले उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएका छन् ।

त्यसबेला विभागले उत्खननका क्रममा अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि दरबारका कोठा, पर्खाल र अन्य संरचना छरप्रस्ट देखिएको बताएको थियो । उत्खननका क्रममा उक्त क्षेत्रमा देवाल, पोखरी, हतियार बनाउने उद्योग, बाटाहरुको भग्नावशेष, चाँदीको सिक्कालगातयका वस्तुहरु फेला पारिएको थियो ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन २०७२ सालमै युनेस्कोमा प्रस्ताव गरिएको थियो ।

घर खाली गर्न भनिएका घरधनी, ठेगाना र कित्ता नम्बर

images
प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - ०८:५७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology