Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा अवैध लागूऔषध सहित १ जना पक्राउ

आँबुखैरेनीमा अवैध लागूऔषध सहित १ जना पक्राउ

इच्छाकामना न्युज

२६, जेठ २०८१
आँबुखैरेनीमा अवैध लागूऔषध सहित १ जना पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट अवैध लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पृथ्वी राजमार्गको सडक–खण्डमा प्रहरी टोलीले नियमित रुपमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध सहित निजलाई बिहिबार पक्राउ गरेको हो ।

images
images

पक्राउ पर्नेमा गोरखा नगरपालिका ६ का २६ वर्षका समुन्द्र खत्री रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका खत्रीबाट प्रहरीले ट्रामाडोल ५०० ट्याब्लेट बरामद गरिएको छ । 

पक्राउ परेका खत्रीलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - १०:५३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology