Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहारपछि फरार रहेका युवक चार वर्षपछि पक्राउ

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहारपछि फरार रहेका युवक चार वर्षपछि पक्राउ

इच्छाकामना न्युज

२५, जेठ २०८१
१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहारपछि फरार रहेका युवक चार वर्षपछि पक्राउ
images

म्याग्दी । १८ वर्षीया युवतीलाई यौन दुर्व्यवहारपछि फरार रहेका एक युवकलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ। 

images
images

जिल्ला अदालतबाट पाँच वर्ष कैद सजाय तोकिएका मालिका गाउँपालिका–४, महभिरका ३१ वर्षीय रविन श्रीपालीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो। 

श्रीपालीले २०७७ साल जेठ १३ गते राति गाउँकी १८ वर्षीय युवतीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको ठहर गर्दै अदालतले उनलाई पाँच वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। 

पीडित युवतीले त्यतिबेलै गरेको उजुरीको आधारमा सिर्पालीलाई सोही राति गिरफ्तार गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। 

तर, श्रीपालीलाई २०७७ साल असार ५ गते जिल्ला अदालत म्याग्दीले दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । 

२०७८ साल मङ्सिर ८ गते जिल्ला अदालत म्याग्दीले जबरजस्ती करणी उद्योगमा दोषी ठहर गर्दै श्रीपालीलाई पाँच वर्ष कैद, २५ हजार जरिबाना र एक हजार रुपियाँ पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसला गरेको थियो। 

अदालतको फैसलापछि फरार रहेका श्रीपालीलाई यही जेठ २२ गते पोखरा महानगरपालिका–९, पृथ्वीचोक, कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। 

अदालतको आदेशअनुसार सिर्पालीले चार वर्ष ११ महिना २२ दिन कैद भुक्तान गर्न बाँकी छ।

images
प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - ०९:२९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology