चितवन । मानव अधिकार तथा शान्ति समाज चितवनले वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । समाजले दिवसको अवसर पारेर आज बिहान नव जागृती सामुदायिक वन उपभोक्ता समूहको इको पार्कमा बेर्ना रोपेर वातावरण दिवस मनाएको हो ।

मानव अधिकार तथा शान्ति समाजले विभिन्न दिवसहरुमा आफ्नो कायक्रम गर्दै आएको छ । यसै अन्तर्गत ‘चुरे मास्न पाइदैन, मरुभुमिकरण निति चाहिदैन’ भन्ने मुल नारा सहित वातावरण दिवस मनाईएको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले जानकारी दिए ।
यस्तै समाजले आफ्नो २९ औं स्थापना दिवसमा समेत वृक्षारोपण गरि मनाएको थियो ।