Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पहिलो चरणमा चितवनमा ६ हजार ९ सय ४० जनाले लगाए कोरोनाको खोप

पहिलो चरणमा चितवनमा ६ हजार ९ सय ४० जनाले लगाए कोरोनाको खोप

इच्छाकामना न्युज

२५, माघ २०७७
पहिलो चरणमा चितवनमा ६ हजार ९ सय ४० जनाले लगाए कोरोनाको खोप

चितवन ,२४ माघ । चितवनमा पहिलो चरणमा ६९४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्धको खोप जिल्ला जिल्लामा पुर्याएपछि ९ दिनका लागि तोकिएको खोप तालिका चितवनमा दुई दिन थप गरी आज ११ औँ दिनमा समापन गरिएको छ ।

images

चितवनमा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा जगन्नाथ तिवारीले लगाएर सुरु गरिएको खोप शनिवार अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लगाएसँगै पहिलो चरणको खोप अभियान अन्त्य भएको हो ।

सुरुका ३, ४ दिन खोप लगाउनेको सख्या न्यून भएपनि पछिल्लो दिनसम्म आउँदा उक्त सख्या बढ्दै गएको थियो । पहिलो चरणमा चितवन जिल्लामा ६ हजार ९४० जनाले खोप लगाएका छन् । जसमध्ये भरतपुर अस्पतालको केन्द्रबाट मात्रै ३ हजार ७२९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । त्यस्तै जिल्लाको अर्को खोप केन्द्र रत्ननगरको बकुलहर अस्पतालबाट ४ सय जनाले, वगौडा अस्पताल माडीबाट ८९ जना, नयाँ मेडिकल कलेजबाट १ हजार ४० जना, पुरानो मेडिकल कलेजबाट ८०८ जना, वृद्धाआश्रमबाट १८९ जना र भरतपुर कारागारबाट ६८३ जनाले उक्त खोप लगाएका हुन् ।

खोप सुरु भएको पहिलो दिन २७९ जनाले खोप लगाएका थिए भने यो संख्या बढेर एकैदिन खोप लगाउने १ हजार २५७ जना सम्म पुगेका थिए । जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव ५ प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए । ती मध्ये ९७ प्रतिशत स्वास्थ्यकर्मीहरु, ८२ प्रतिशत सरसफाइकर्मी र तीनका सवारी चालक, ११८ प्रतिशत एम्वुलेन्स र शव वाहन चालक, ६० प्रतिशत शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, ६० प्रतिशत महिला स्वास्थ्य स्वयसेविका, ४२ प्रतिशत वृद्धाआश्रमका ज्यष्ठ नागरिक र ९४ प्रतिशत कैदीवन्दीमा लक्ष्य हासिल गरिएको हो ।

स्वास्थ्यकर्मी देखि अग्रभागमा रहेकाहरुले उत्साहपूर्वक खोप लगाउनुले यसको विश्वसनीयता बढाएको उनको भनाई छ । चाँडै समुदायमा पनि खोप लगाउन पुग्ने उनले बताए । भरतपुर अस्पतालका प्रवक्ता डा युवानिधि वसौलाले चितवनले पाएको सफलता नेपालकै बढि सफलता भएको बताए ।
जिल्लामा खोप लगाएकाहरुमा सामान्य असर वाहेक अन्य कुनैपनि अवान्छित घटना भएन ।
४ जनालाई खोप लगाएपनि र्यासेज आउने,डावर उठ्ने, चार जनाले सिटामोल खानुपरेपनि समयमै निको भएको डा बसौलाले बताए ।

खोप लगाएको ६ देखि ८ घण्टामा जाडो महसुस भएर जिरिङ हुने समस्या पनि देखिएको थियो । २८ दिनपछि दोस्रो डोजको खोप दिने अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार भरतपुर अस्पतालका मात्रै ५९२ जनाले खोप लगाएका छन् जसध्य १३६ जना डाक्टर रहेका छन् ।

कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । अहिले दोस्रो चरणमा खोप लगाउनेहरुको तथ्याङ्क संकलन कार्य भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०९:५६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology