चितवन । १७ औं गणतन्त्र दिवसका अवसरमा मानवधिकार तथा शान्ति समाज चितवनले दिप प्रज्वलन गरेको छ । ‘लोकतान्त्रिक गणतन्त्रःअसललाई जिम्मेवारी, खराबलाई दण्ड’ नारा सहित समाजले मंगलबार साँझ ७ बजे भरतपुरको चौबिसकोठिमा दीप प्रज्वलन गरेको हो ।
सो दिप प्रज्वलन कार्यक्रममा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत, शान्ति समाजका निवर्तमान केन्द्रीय सचिव बाबुहरी आचार्य, मानवअधिकार संजालका संयोजक दिपक लामिछाने, शान्ति समाज चितवन शाखाकी उप–सभापति भवानी अधिकारी, सचिव जीवन केसी लगायतका सदस्य एवं मानवधिकारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।