Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भोजाड–पदमपुर सडक अन्तर्गतको टिकौली जंगलमा एक पुरुषको शव फेला, पहिचान खुलेन

भोजाड–पदमपुर सडक अन्तर्गतको टिकौली जंगलमा एक पुरुषको शव फेला, पहिचान खुलेन

images

इच्छाकामना न्युज

१६, जेठ २०८१
भोजाड–पदमपुर सडक अन्तर्गतको टिकौली जंगलमा एक पुरुषको शव फेला, पहिचान खुलेन
images

चितवन । भरतपुरको भोजाड र कालिकाको पदमपुरको सिमानामा पर्ने टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।

जंगलभित्र खगेरी पुल नजिकै मंगलवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए ।

उनका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए ।

‘मृतकको पहिचान अहिलेसम्म खुलेको छैन । पहिचान गर्ने प्रयास गरिरहेका छौँ’, उनले भने ।

images
प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - १२:४१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology