Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा बेरुजु कम हुने पालिकामा भरतपुर प्रथम, सबैभन्दा बढी राप्तीमा, इच्छाकामना चौथो

चितवनमा बेरुजु कम हुने पालिकामा भरतपुर प्रथम, सबैभन्दा बढी राप्तीमा, इच्छाकामना चौथो

images

इच्छाकामना न्युज

१५, जेठ २०८१
चितवनमा बेरुजु कम हुने पालिकामा भरतपुर प्रथम, सबैभन्दा बढी राप्तीमा, इच्छाकामना चौथो
images

चितवन । चितवनको ७ वटा पालिकामा मध्य सबैभन्दा कम बेरुजु भरतपुर महानगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदन अनुसार चितवनको भरतपुर महानगरपालिकामा जिल्लाका सबै पालिका मध्य सबैभन्दा कम बेरुजु देखिएको हो । 

प्रतिवेदन अनुसार महालेखाले भरतपुरमा आव २०७९।०८० मा ८ अर्ब ५० करोड ९२ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.०१ प्रतिशत अर्थात ५ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ । जस अनुसार जिल्लामा सबैभन्दा कम बेरुजु हुनेमा भरतपुर देखिएको हो । 

यस्तै दोस्रो स्थानमा रहेको रत्ननगरमा ३ अर्ब १७ लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.६८ प्रतिशत अर्थात २ करोड २ लाख ७१ हजार रुपैयाँ, तेस्रो स्थानमा रहेको खैरहनीमा २ अर्ब ६१ लाख ११ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.७७ प्रतिशत अर्थात २ करोड ०२ लाख ७१ हजार रुपैयाँ, चौथो स्थानमा रहेको इच्छाकामनामा १ अर्ब २३ करोड ४४ लाख १९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.९१ प्रतिशत अर्थात १ करोड ११ लाख ८८ हजार रुपैयाँ बेरुजु देखिएको छ । 

त्यसैगरी पाचौ स्थानमा रहेको कालिकामा १ अर्ब ५० करोड ९२ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.९६ प्रतिशत अर्थात १ करोड ७७ लाख रुपैयाँ, छैटौं स्थानमा रहेको माडीमा २ अर्ब १४ करोड २० लाख ८९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.१ प्रतिशत अर्थात २ करोड ३५ लाख ८८ हजार रुपैयाँ र सबैभन्दा बढि रकम बेरुजु रही सातौं स्थानमा रहेको राप्तीमा २ अर्ब ३१ करोड ५० लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको छ । 

images
प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - ०९:४७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology