Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भरतपुरमा सेन्ट्रल कलेज अन्तर कलेज फुटसल हुने

भरतपुरमा सेन्ट्रल कलेज अन्तर कलेज फुटसल हुने

images

इच्छाकामना न्युज

१४, जेठ २०८१
भरतपुरमा सेन्ट्रल कलेज अन्तर कलेज फुटसल हुने
images

भरतपुर । भरतपुरमा सेन्ट्रल कलेज अन्तर कलेज फुटसल हुने भएको छ । ह्याण्ड इन ह्याण्डको आयोजनामा जेठ १८ र १९ गते उक्त फुटसल हुने भएको हो । 

द जिएमआईसँगको सहकार्यमा हुने फुटसलमा चितवन, नवलपुर र मकवानपुरका ४० भन्दा बढी कलेजहरु सहभागी हुनेछन् । प्रतियोगिताका खेलहरु भरतपुरको बाह्रघरेस्थित क्यासी स्पोर्टस एण्ड रिक्रियसनल सेन्टरमा हुने ह्याण्ड इन ह्याण्डकाका निर्देशक निकेश अधिकारीले जानकारी दिए । 

प्रतियोगिताको विजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गर्ने अधिकारीले बताए । उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपरले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

कलेजस्तरका युवा खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि फुटसल आयोजना गरिएको द जिएमआईका प्रवन्ध निर्देशक महेश लामिछानेले जानकारी दिए । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपालबाट हुनेछ ।

images
प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - ०९:१७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology