Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मध्यरातमा चितवनको सत्र किलोमा ५ वटा गाडी एकापसमा ठोक्किदा १ को मृत्यु, २३ घाईते

मध्यरातमा चितवनको सत्र किलोमा ५ वटा गाडी एकापसमा ठोक्किदा १ को मृत्यु, २३ घाईते

images

इच्छाकामना न्युज

१४, जेठ २०८१
मध्यरातमा चितवनको सत्र किलोमा ५ वटा गाडी एकापसमा ठोक्किदा १ को मृत्यु, २३ घाईते
images

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ स्थित सत्र किलोमा मध्यरातमा ५ वटा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ । गएराति करिब १२ः३० बजेतिर उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मृतक अन्दाजी १६–१७ वर्षको किशोरको परिचय खुलेको छैन। घाइते २३ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ भने १३ जना मध्यम र तीन जना सामान्य घाइते छन्। सामान्य घाइते भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका ५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन्। उनी जिप्रका चितवनको नियन्त्रणमा छन्।

घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिनटार र ४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

घाइते हुने हरूमा प्यूठानको नौबहिनी गाउँपालिका ७ का २८ वर्षीय सुधन केसी, प्यूठानको प्यूठान नगरपालिका १० का ३६ वर्षीय निरज केसी, मालारानी गाउँपालिका २ कि ३६ वर्षीया निर्मला भूसाल, गौमुखी गाउँपालिका ७ का २५ वर्षीय सुरज सुनार छन्। सुरज जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान रहेको डिएसपी रिजालले जानकारी दिए।

त्यस्तै अर्घखाँचीको सितगंगा नगरपालिका ८ कि २९ वर्षीया पवित्रा दर्लामी, प्यूठानको झिमरूक नगरपालिका ७ का २८ वर्षीय पुरन गिरी, प्यूठानको प्यूठान नगरपालिका ८ का २० वर्षीय समिर केएम, सारुमहारानी गाउँपालिका ४ का ३६ वर्षीय तारापति बुढाथोकी, ३५ वर्षीया मुनादेवी बुढाथोकी,  ऐरावती गाउँपालिका ६ कि ५६ वर्षीय मनदेवी थापा, गाउँपालिका नखुलेको प्यूठानकै ६० वर्षीय पदम थापा घाइते छन्।

प्यूठानकै प्यूठान नगरपालिका १० का २१ वर्षीय सुशील केसी, प्यूठान नगरपालिका ४ कि १७ वर्षीय प्रतिभा भण्डारी, प्यूठान नगरपालिका ८ कि १८ वर्षीया सलिसा थापा, प्यूठान नगरपालिका १ का ३८ वर्षीय प्रकाश केसी, प्यूठान नगरपालिका ८ का ५३ वर्षीया पार्वता केसी, नौबहिनी गाउँपालिका ३ का ३२ वर्षीय गौरव झाँक्री, गौमुखी गाउँपालिका ३ का २९ वर्षीय दीपक सुनार, प्यूठान नगरपालिका ८ का २५ वर्षीय सन्तोष केसी र अर्घखाँचीको सितगंगा नगरपालिका ८ का ४९ वर्षीय रामबहादुर दर्लामी घाइते छन्।

गएराति साढे १२ बजे चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ–मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस, मालबाहक ट्रक ना ३ ख ५९३६ र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो।

डिएसपी रिजालका अनुसार ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए।

५ वटा गाडी ठोक्किँदा नारायणगढ–मुग्लिन सडक राति साढे २ बजेसम्म अवरूद्ध भएको थियो। त्यसपछि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड बिहानसम्म दुवैतर्फ सञ्चालनमा रहेको डिएसपी रिजालले जानकारी दिए।

images
प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - ०८:५७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology