Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मेयर कप फुटबल : अमर मावि समूह विजेता, ग्रामोदयको नकआउट सम्भावना कायमै

मेयर कप फुटबल : अमर मावि समूह विजेता, ग्रामोदयको नकआउट सम्भावना कायमै

images

इच्छाकामना न्युज

१०, जेठ २०८१
मेयर कप फुटबल : अमर मावि समूह विजेता, ग्रामोदयको नकआउट सम्भावना कायमै
images

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।

पटिहानीमा भएको समूह डी को खेलमा सनराईज ईंग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । सनराईजले होली भिजनलाई २-१ ले हराएको हो । सनराईजको जितमा मन्जित क्षेत्रीले खेलको छैटौं र ४६ औं मिनेटमा गोल गरे । होली भिजनका कप्तान यमबहादुर दुराले २१ं मिनेटमा गोल गरे । दुई गोल गरेका सनराईजका मन्जित म्यान अफ दि म्याच भए ।

यससँगै सनराईज सन्त्वना जितका साथ प्रतियोगिता टुङ्गाएको छ । उसको ३ खेलमा ३ अंक भएको छ । सनराईज यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । उता होली भिजनले भने अंकबिहिन हुँदै लिग टुङ्गाएको छ ।  

यस्तै बखान मिनि रंगशाला शारदानगरमा भएको समूह ई को खेलमा अमर मावि विजयी भएको छ । अमर माविले दुर्गा शेषकान्त माविलाई १-० ले पराजित गरेको हो । अमर माविको जितमा कप्तान बसन्त कुमालले निर्णायक गोल गरे । उनले खेलको २३ औं मिनेटमा गोल गरे । उनी नै म्यान अफ दि म्याच भए ।

यो जितसँँगै अमर मावि समूह ई को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूहमा अपराजित अमर माविको तीन खेलबाट ९ अंक भएको छ । यो हारले दुर्गा शेषकान्तलाई समूहको अर्को खेल कुर्नु पर्ने भएको छ । उसको तीन खेलमा ४ अंक छ ।

बिहीबार हुने वाल्मिकी शिक्षा सदन र ब्राइटस्टार ईंग्लिस बोर्डिङ स्कुलको नतिजाले दुर्गा शेषकान्तको भविष्य निर्धारणा गर्नेछ । उक्त खेलमा वाल्मिकी कम्तिमा ६-० ले विजय भए दुर्गा शेषकान्तको भविष्यको यात्रा टुङ्गिन्छ । अन्य नतिजाले भने दुर्गा शेषकान्त नकआउटमा प्रवेश गर्नेछ ।

यता कृष्णपुरमा भएको समूह एफ को खेलमा ग्रामोदय ईंग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । ग्रामोदयले अंकुरम एकेडेमीलाई ३-२ ले हराएको हो । ग्रामोदयको जितमा नविन दराईले खेलको २३ औं र २९ औं मिनेटमा गोल गरे । यस्तै रिहान तिवारीले ३० औं मिनेटमा गोल गरे ।


अंकुरमका कप्तान संजोग थापाले २५ औं र अनन्त तामाङले ५१ औं मिनेटमा गोल गरे पनि हार टार्न सकेनन् । दुई गोल गरेका ग्रामोदयका नविन म्यान अफ दि म्याच घोषित भए ।    

यो जितपछि ग्रामोदयको नकआउट सम्भावना कायमै रहेको छ । ग्रामोदय ५ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यही समूहको खेलमा हिमालय दण्डपाणि माविले किरण अमरजंग माविलाई पराजित गरे ग्रामोदय नकआउटमा पुग्नेछ ।        

लिगमा बिहीबार पनि तीन खेल हुनेछ । बिहीबार पटिहानीमा समूह डी का नारायणी नमुना मावि र जनज्योति मावि भिड्नेछन् । यस्तै शारदानगरमा वाल्मिकी शिक्षा सदन र ब्राइटस्टार ईंग्लिस बोर्डिङ तथा कृष्णपुरमा हिमालय दण्डपाणि र किरण अमरजंग मविलाई भिड्ने खेल संयोजक विजय घलेले जानकारी दिए ।  

images
प्रकाशित मिति :जेठ १०, २०८१ बिहिवार - १०:१७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology