Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चितवनको ११ औं अधिवेशनः निर्वाचन कमिटी गठन

एमाले चितवनको ११ औं अधिवेशनः निर्वाचन कमिटी गठन

इच्छाकामना न्युज

१०, जेठ २०८१
एमाले चितवनको ११ औं अधिवेशनः निर्वाचन कमिटी गठन
images

चितवन । नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनका लागि निर्वाचन कमिटी गठन गरिएको छ । जिल्ला पार्टीको सिफारिसका आधारमा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कमिटी गठन गरेको हो । कमिटीको प्रमुख निर्वाचन अधिकृतमा पिपीएल उपमहासचिव एवम् बागमती प्रदेश प्रमुख जगन्नाथ भण्डारीलाई नियुक्त गरिएको छ । निर्वाचन अधिकृतहरुमा यमनाथ शर्मा, राजकुमार श्रेष्ठ, शेषशंकर उप्रेती, शोभा भट्टराईलाई नियुक्त गरिएको छ ।

images
images

यही जेठ १२, १३ र १४ गते एमाले चितवनको जिल्ला अधिवेशन हुँदैछ । ऊक्त अधिवेशनमा निर्वाचन सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरी पठाइएको आयोगले जनाएको छ ।

नेकपा (एमाले) को विधान, निर्वाचन अयोग नियमावली, निर्वाचन नियमावली, निर्वाचन आचारसंहिता, पार्टीको अन्तरपार्टी निर्देशन लगायत पार्टीको घोषित नीति र केन्द्रीय निर्वाचन अयोगको निर्देशनमा रहि निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सफलतापूर्वक सम्पन्न गर्न आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन समेत दिएको छ ।

images
प्रकाशित मिति :जेठ १०, २०८१ बिहिवार - ०८:२३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology