Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मेयर कप फुटबल : स्टेप बाई स्टेप र भानु विजयी, ईडन गार्डेन र लक्ष्मी माविको बराबारी

मेयर कप फुटबल : स्टेप बाई स्टेप र भानु विजयी, ईडन गार्डेन र लक्ष्मी माविको बराबारी

images
मेयर कप फुटबल : स्टेप बाई स्टेप र भानु विजयी, ईडन गार्डेन र लक्ष्मी माविको बराबारी
images

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आजबाट दोस्रो चरणको खेलहरु सुरु भएको छ ।

लिग अन्तर्गत आज तीन खेल सम्पन्न भएको छ । शारदानगरमा भएको समूह ए को खेलमा स्टेप बाई स्टेपले ढड्डाघारी माविविरुद्ध सहज जित हात पारेको छ । स्टेप बाई स्टेप २-० ले विजयी भएको हो ।

उसको जितमा कप्तान सुमित गुरुङ र रमित गुरुङले गोल गरे । सुमितले खेलको ५२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ५२ औं मिनेटमा रमितले गोल गरेपछि स्टेप बाई स्टेप २-० ले विजयी भयो । स्टेप बाई स्टेपका सुमित म्यान अफ दि म्याच भए ।

यो जितपछि स्टेप बाई स्टेप समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । उसको दुई खेलबाट चार अंक भएको छ । एक खेल खेलेको गौरीगन्ज मावि भने ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । आज पराजित भएको ढड्डाघारी दुई खेलबाट अंकबिहिन हुँदै पुछारमा छ ।    


उता कृष्णपुरको मैदानमा भएको समूह बी को खेलमा आदिकवि भानु मावि विजयी भएको छ । उसले ग्रीनल्याण्ड पब्लिक स्कुललाई २-१ ले हराएको हो ।

खेलमा अग्रता भने ग्रीनल्याण्डले लिएको थियो । २७ औं मिनेटमा प्रज्वल लम्सालले गोल गर्दै ग्रीनल्याण्डलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता धेरै समय टिक्न सकेन । पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मनिष मगरले गोल गर्दै भानुलाई खेलमा फर्काए ।

४४ औं मिनेटमा बिजेश परियारले गोल गरेपछि भानु विजयी भयो । भानुका लक्ष्मण गुरुङ म्यान अफ दि म्याच भए । यो जितपछि समूह बी मा दुई खेलमा शतप्रतिशत जित निकालेको भानु ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा यथावत छ । समान खेल खेलेको ग्रीनल्याण्ड ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ ।    

यस्तै पटिहानीमा भएको समूह सी को खेलमा ईडन गार्डेन ईंग्लिस बोर्डिङ र लक्ष्मी मावि बराबरीमा रोकिएका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले १-१ को बराबरी खेलेका हुन् । ईडन गार्डेनका विवस गुरुङ र लक्ष्मी माविका अमिस गुरुङले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै अमिसको गोलमा लक्ष्मी माविले अग्रता लिएको थियो । तर दोस्रो हाफमा मैदान छिरेका विवसले ईडन गार्डेनका लागि बराबरी गोल फर्काए । उनले ५७ औं मिनेटमा गोल गरे । उनी नै म्यान अफ दि म्याच भए ।

यो बराबरीपछि दुबै टोलीले एक-एक अंक बाँडेका छन् । यससँगै समूह सी को लक्ष्मी मावि दुई खेलमा चार अंकसहित तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको विश्वप्रकाश मावि तीन अंकका साथ दोस्रो स्थानमा छ । लिगमा पहिलो अंक हासिल गरेको ईडन गार्डेन तेस्रो स्थानमा उक्लिएको छ ।        


लिगमा शुक्रबार तीन खेल हुनेछ । शारदानगरमा समूह ए का ओमशान्ति एकेडेमी र गौरीगन्ज मावि तथा कृष्णपुरमा समूह बी का पारिजात ईंग्लिस बोर्डिङ र सिद्धार्थ मावि   भिड्नेछन् । यस्तै पटिहानीमा समूह सी का जनप्रिय ईंग्लिस बोर्डिङ र विश्वप्रकाश मावि भिड्नेछन् ।  

images
प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - २२:०४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology