Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालीभाषाको गुरूङ चलचित्र ‘जिउनी’: काठमाडौंपछि नारायणगढमा सफल प्रदर्शन

नेपालीभाषाको गुरूङ चलचित्र ‘जिउनी’: काठमाडौंपछि नारायणगढमा सफल प्रदर्शन

इच्छाकामना न्युज

३०, बैशाख २०८१
नेपालीभाषाको  गुरूङ चलचित्र ‘जिउनी’: काठमाडौंपछि नारायणगढमा सफल प्रदर्शन
images

नारायणगढ । गुरूङ संस्कृतिमा आधारित तथा नेपाली माषामा निर्मित चलचित्र ‘जिउनी’ नारायणगढमा प्रदर्शन गरिएको छ । सामाजिक परिवेशमा आधारित चलचित्रलाई काठमाडौंमा भएको प्रदर्शनपछि चितवनमा प्रदर्शन गरिएको हो । चलचित्र हेर्न वागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशी, वागमती प्रदेशसभा सदस्य माया श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्व सभापति टेकप्रसाद गुरूङलगायतका नेताहरूसमेत नारायणगढस्थित इन्द्रदेव चलचित्र मन्दिर पुगेका थिए । 

images
images

पूरै चलचित्र हेरेर बाहिरएका वागतमी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जोशीले नेपाली समाजको यथार्थ कहानीलाई चलचित्रमार्फत सन्देश दिन खोजिएको बताए । ८३२ सिट क्षमता रहेको हल पूरै दर्शकले भरिभराउ भएको थियो । 

जलकन्या फिल्म्स् प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा ‘जिउनी’ गोठबहादुर गुरूङ र रसमाया गुरूङले लगानी गरेका छन् । बरिष्ठ निर्देशक जनक गुरूङद्वारा निर्देशित चलचित्रमा टेकबहादुर गुरूङले कथा लेख्नुका साथै मुख्य भूमिका निर्वाह गरेका छन् । साथै जनक गुरूङ, अशोक गुरूङ, आकृति गुरूङ, आनन्द गुरूङ, अन्जु गुरूङ, रबिन गुरूङ, गढुलध्वज गुरूङ, हरिमाया गुरूङ, माया गुरूङलगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रमा चितवनका थुप्रै कलाकारहरूले अभिनय गरेका छन् ।

चलचित्रलाई शम्भू चालिसेले खिचेका हुन् भने मेख थापामगरले सम्पादन गरेका हुन् । 

काठमाडौंमा एक हप्तासम्म सफल प्रदर्शन भएको चलचित्रलाई चितवनपछि आँबुखैरेनी र लम्जुङमा प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका लेखक तथा कलाकार टेकबहादुर गुरूङले जानकारी दिए । ‘त्यसपछि पोखरा लैजाने योजनामा छौँ,’ उनले भने । 

चलचित्र सोचेभन्दा सफल भएको कलाकारहरूले बताएका छन् । नेपालकै ठूलो हलमा प्रदर्शन गर्दा पनि दर्शकले भरिभराउ भएको देख्दा कलाकारितामा थप हौसला बढेको कलाकार आकृति गुरूङले बताइन् । 

नेपाली सिनेमामा द्वन्द्व निर्देशकमार्फत ख्याति कमाएका जनक गुरूङले चलचित्र प्रदर्शनको लागि चितवनमा दर्शकको उपस्थिति सधैँ उस्तै पाउँदा लामो समयदेखिको चलचित्र क्षेत्रलाई माया मार्न नसकेको बताए । 

गुरूङ समुदायमा बुबा–आमाले छोराछोरीलाई अंशबण्डा लगाइसकेपछि आफ्नो भागमा राखिने जमिन या सम्पत्तिलाई जिउनी भन्ने चलन छ ।

चलचित्रमा त्यही सम्पत्तिलाई मुख्य विषयवस्तु बनाएर समाजमा व्याप्त वेथिति, विसंगति तथा दमनका विरूद्ध आवाज उठाउने प्रयास गरिएको छ । 

चलचित्र प्रदर्शन गर्नको लागि तमू ह्युल छोंज धीँ चितवन, तमू प्ये ल्हु संघ चितवनसहित चितवनमा रहेका गुरूङ समुदाय र विभिन्न टोल विकास संस्था तथा समूहहरूले ठूलो सहयोग गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - १०:४२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology