Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भरतपुरस्थित लिलाचोकमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला

भरतपुरस्थित लिलाचोकमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला

इच्छाकामना न्युज

२८, बैशाख २०८१
भरतपुरस्थित लिलाचोकमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला
images

चितवन । भरतपुर महानगरपालिका–२ लिलाचोकस्थित साथिको कोठामा सुत्न गएका एक पुरुष आज बिहान ३ः३५ बजेको समयमा मृत फेला परेका छन् ।

images
images

मनकामना ट्रान्सपोर्टमा एकाउन्टेनको रुपमा काम गर्ने भरतपुर–१० हाकिमचोक बस्ने ५५ वर्षीय दिलिप प्रसाद उपाध्याय साथिको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ ।

आफुसंगै काम गर्ने साथि सुनसरी बराह नगरपालिका–७ बस्ने ४९ वर्षीय ऋषिकेश भट्टराईको कोठामा गई खाईपिई गरि सुतेका उपाध्यायलाई राति पिसाव फेर्न उठ्ने क्रममा उठाउँदा नबोलेको भट्टराईले बताएका छन् । उपाध्यायको मृत्यु भएको जस्तो देखिएपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए ।

घठनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०८१ शुक्रवार - १०:३०:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology