Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१०३ वर्षीया बृद्धाले पाइन् नागरिकता

१०३ वर्षीया बृद्धाले पाइन् नागरिकता

इच्छाकामना न्युज

२३, बैशाख २०८१
१०३ वर्षीया बृद्धाले पाइन् नागरिकता
images

बसन्त भण्डारी/न्युज कारखाना, मकवानपुर । मकवानपुरको विकट मानिने राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ७ मा बस्दै आएकी ज्येष्ठ नागरिक माजनी प्रजाले १ सय ३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईको नेतृत्वमा गएको टोलीले प्रजाको घरमै पुगी नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो। 

images
images

प्रमुख जिल्ला अधिकारी सेडाईले विभिन्न कारणले नागरिकता नपाएका नागरिकलाई स्थलगत अध्ययन गरी घरघरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको बताएका छन्।

 उनले भने, '१०३ वर्षसम्म प्रजा सरकारबाट पाउनुपर्ने सुविधाहरूबाट वञ्चित हुनुभएको थियो। हामीलाई उहाँबारे जानकारी आएपछि प्रक्रिया सुरु गर्यौ। प्रक्रिया पूरा भएपछि घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको छ। अब उहाँले सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउनुहुनेछ।'

प्रमुख अधिकारी सेडाईले नागरिकता प्राप्त गर्न सक्ने अवस्था भएतापनि अपाङ्गता, असक्तता, ज्येष्ठ नागरिक भएकै कारण कारण कार्यालयसम्म आउन नसकेका नागरिकहरूलाई घरदैलोमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गर्ने क्रम जारी रहने बताए। यसअघि पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिकामा असक्त नागरिकलाई घरमै पुगी नागरिकता प्रदान गरेको थियो।

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - २२:००:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology